राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशको नमुना मतपत्र सार्वजनिक
काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सातै प्रदेशको नमुना मतपत्र सार्वजनिक गरेको छ ।
आयोगले बुधबार राष्ट्रिय सभा सदस्य निर्वाचनको नमुना मतपत्र सार्वजनिक गरेको हो । निर्वाचन आयोगले दुई प्रकारका नमुना मतपत्र सार्वजनिक गरेको छ । स्थानीय तह गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमूख र उपप्रमुखका लागि रातो रङको नमुना मतपत्र तोकिएको छ भने पदेश सभाका सदस्यहरुका लागि हरियो रङको मतपत्र तोकिएको छ ।
कोशी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि तीन जना उमेदवारले उमेदवारी दिएका छन् । राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेका पर्शुराम अधिकारी, नेपाली कांग्रेसबाट कृष्ण प्रसाद सिटौला र राप्रपाबाट उद्धव पौडेलले उमेदवारी दिएका हुन् । कोशी प्रदेशमा स्थानीय तह गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमूख र उपप्रमुखको मतभार १९ रहेको छ भने प्रदेश सभा सदस्यहरुको मतभार ५३ रहेको छ । यस्तै कोशी प्रदेशमा महिलातर्फबाट नेपाली कांग्रेसकी रुकमिणी कोइराला, र नेकपा माओवादीबाट चम्पादेवी कार्कीले राष्ट्रिय सभा निर्वाचनका लागि उमेदवारी दिएका छन ।
यस्तै मधेस प्रदेशमा नेपाली कांग्रेसबाट आन्नद प्रसाद ढुङगाना,नेकपा एमालेबाट कुमारी विजेता झा,जनमत पाटीबाट रामशंकर महासेठले उमेदवारी दिएका छन् । यस्तै महिलातर्फबाट नेपाली कांग्रेसबाट उषादेवी थरुनी र जनता समाजवादी पाटीबाट पुजा रेग्मी उमेदवार रहेका छन् । यस्तै बागमती प्रदेश नेकपा एमालेबाट त्रिलोचन निर्मल पौडेल, नेपाली कांग्रेसबाट जित जंग बस्नेत,राप्रपाबाट हेमजंग गुरुङ, नेपाल मजदुर किसान पाटीबाट श्रीकृष्ण महर्जन रहेका छन् ।