आकाशे पुलमा ब्यानर राख्नेलाई ५० हजार जरिबाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले आकाशे पुलमा ब्यानर झुन्डाएर विज्ञापन गर्ने एक कम्पनीलाई ५० हजार रुपैयाँ जरिबाना तिराएको छ ।

महानगरका अनुसार ब्यानर राखेर पुरानो हुँदासम्म नहटाएको पाइएपछि विज्ञापन गर्ने कम्पनीलाई ५० हजार रुपैयाँ जरिबाना गरिएको हो ।

नगर प्रहरीका स्टोर इन्चार्ज राजन कार्कीका अनुसार ब्यानर राख्ने इनोभेटिव कन्सेप्ट प्रालिलाई सो रकम बराबर जरिबाना गरिएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *