हसना भास्तिपुरको साकोसको १५औं साधारणसभा

काठमाण्डौं । हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नारायणकृष्ण महर्जनको सभापतित्व एवं नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सभा भएको हो । सभाले आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा लेखा परिक्षण प्रतिवेदन पारित गरेको छ । २०८० असार मसान्तसम्म संस्थाको शेयर ७ करोड ६० लाख, बचत संकलन १ अर्ब ४६ करोड २८ लाख, कर्जा लगानी १ अर्ब ५३ करोड ६९ लाख सहित कुल वासलात १ अर्ब ७५ करोड ७४ लाख पुगेको छ ।

सभामा उत्कृष्ट ६ जना कारोबारी सदस्य, १० वर्ष अवधि पूरा गरेका कर्मचारी, सामुदायिक विद्यालयबाट ०७९ सालको एसईईमा उत्कृष्ट भएका ४ जना विद्यार्थी तथा जेसिसमा आवद्ध २ जनालाई सम्मान गरिएको थियो । सभाकै दिन दृष्टि आइ केयरको सहयोगमा आँखा शिविर सञ्चालन गरिनुुका साथै मोतिविन्दु छनौट समेत गरिएको संस्थाका व्यवस्थापक सम्पूर्ण महर्जनले जानकारी दिए। संस्थाले ज्येष्ठ सदस्य क्लब गठन गरी संस्थाका जेष्ठ सदस्यहरुबीच समन्वय र सकृय तुल्याउँदै आएको छ । त्यसैगरी महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रम सुचारु गरिरहेको छ। स्टार हस्पिटल, दृष्टि आइकेयर र सीजी इलेक्ट्रोनिक्ससँग सहकार्य गरी सदस्यहरुलाई विविध प्रकारका सेवा प्रदान गर्दै आइरहेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *