४०० पार किन्हेँ बिनु मोदीजीके कहाँ बिश्राम ! भाग–१

यो राम नामक विष्णुको अवतारलाई बिभिन्न नामहरुबाट पनि जानिन्छ जस्तै रामचन्द्र,(सुन्दर प्रिय चन्द्रमा) या दशरथी (दशरथको पुत्र)या राघव (रघुका बंश हिन्दु ब्रश्माण्डमा सौर बंश),रामको बाल्यकालको रुप अर्थात रामलला पनि भनिन्छ । “यतोऽभ्युदयनिःश्रेयससिद्धिःस धर्म अर्थात जसबाट अभ्युदय–सर्वविध उन्नती र निःश्रेयस– परम कल्याण ,मोक्षको सिद्धि हुन्छ त्यही नै धर्म हो”(वैशेषिकदर्शन । मार्फत जयदयाल गोयन्का–मनुष्य जीवनकी सफलता –मोतीलाल जालान,गीताप्रेस,गोरखपुर–बिसंं २०३५ । धर्मसँगै राजनीतिले पनि आफ्नो भाष्य बदली सकेको छ । “हाम्रो वैदिक सनातन धर्मानुयायी हिन्दुहरुले आफ्नो राष्ट्रको र विश्वको नै कल्याणको लागि सनातन हिन्दु धर्मको अनुपालन गर्नु परमावश्यक छ भन्ने कुरा विचारशील व्यक्तिहरुले जानेकै कुरा हो”(डा.दुर्गाप्रसाद दवाडी र डा.माधव भट्टराइ,२०४६ । भगवान् श्री पशुपतिनाथको स्वरुप तथा महिमा । श्री ५ को सरकार,सञ्चार मन्त्रालय,मुद्रण तथा प्रकाशन विभाग । नेपाल। बि.सं २०४६) भनेर हाम्रा अग्रज गूरुहरुले सम्झाउनु भएपनि अव सनातन हिन्दु धर्म भन्दा पनि हिन्दुत्वबादी अनुयायीहरुको बर्चस्व हुन थालेको महसुश गरिन थालिएको छ ।दास युग–सामन्तबाद–पूँजिबाद शोषणका साधन त जनता नै हुन । विचारबाट पतन भएपछि अवशरबादले प्रजातन्त्रको पवित्र प्रणालीको आवरण ओढ्दै २१ औँ शताब्दीमा पनि लुुटतन्त्रमा रुपान्तरण पनि हुँदो रहेछ भन्ने महसुश गर्ने जुटेको बर्तमानमा सत्तालाई प्राथमिकता दिएर जनताका दुख पीँडा लगायतका मुद्धा गौण हुन थालेको छ ।
अहिले २२ जनवरीमा भारतको अयोध्याामा हुने रामलिलाको प्राण प्रतिष्ठाको समारोहलाई विश्वको बहुसंख्यक हिन्दुहरुबीच आ–आफ्नै किशिमले कशैले महान ऐतिहाशिक धार्मिक उत्सवको रुपमा त कसैले भाजपा तथा आरएसएसको राजनीतिक उत्सवको रुपमा लिएका छन् । भारतमा अहिले धर्मकै नाममा कोही अव मोदीले ४ सय सिट नजिती आराम गर्नुहुन्न भन्दै छन् भने कोही धर्मको नाममा घृण फैलाएर समाजमा विभाजन ल्याउनेलाई परास्त गर्ने भन्दै छन् । धर्मनिरपेक्ष नेपालमा पनि भाजपाको सहारामा हिन्दुराष्ट्र कायम हुने र हिन्दुहरुको प्रतिक बिष्णुअवतार को रुपका राजालाई सत्तामा पुुर्नस्थापना गराउने भनेर माग गर्दै केही दल आवाज उठाईरहेका छन् ।
भारतमा हरीशङ्कर परसाईको “धार्मिक उन्माद पैदा गराउनु,अन्धविश्वास फैलाउनु,मानिसलाई अज्ञानी र क्रूर बनाउनु राजसत्ता–धरम सत्ता र पुरुषसत्ताको पुरानो उपाय हो” ठान्ने गोहीहरु बसेका छन्”जस्ता मुन्सिी प्रेम चन्दका धनाई सहित कबीर बाणी–“कस्तूरी कुण्डलि बसै,मृग ढूँढैै बन माँहि । ऐसे घटि घटि राम हैं,दुनिया देखै नाँहि।।” मात्रै हैन ’जहाँ विगत कैयौ बर्ष देखी कालो नाग बस्थ्यो,त्यहँ चराले गुँड बनाएको थियो भने हजुरामाले भन्नु हुन्थयो” जस्ता मुनव्वर राणाका कविता देखी भारतको श्रीराम जन्मभूमि तीर्थ ट्रष्टका महासचिव चम्पत रायले ’प्रधानमन्त्री नरेन्द्र मोदी यस देशको लागि भगवान बिष्णुको अवतार हुनु हुन्छ’ भनेर भन्नु भएका कुराहरु समेत भाजपा इतरले सामाजिक सञ्जालमा पोष्टहरु साझा गरिरहेका छन् ।
भारतका समाजशास्त्री–नेपालबारे पनि कलम चलाउने लेखक,प्राज्ञ स्वदेश सिन्हाले “अपनी–अपनी जनता,अपने–अपने राम,जय सियाराम ”भन्दै १३ जनवरी ईसं.२०२४मा आफ्नो सामाजिक सञ्जालको भित्तामा ब्यङ्गात्मक चित्रण गर्दै यस्तो लेख्नु भएको थियो–“(क) सानो छँदा हामीहरु अन्ताक्षरीमा ‘रामनाम की लूट मची है,लूट सको तो लूट ! अन्त काल पछतावोगे प्राण जाएङ्गे छूट !’ गीत गाउने गथ्र्यौँ । अहिले यो गीत बिल्कुल सान्दर्भीक देखिन्छ । रामको नाममा लूट्न सबै दलहरुमा दौडादौड छ । सबैको आ–आफ्ना रामहुनुहुन्छ ।
(ख) हेर हेर यी ‘सङ्घी’हरु हाम्रो रामलाई लिएर भागीरहेका छन् भन्दै काँंग्रेसी समाजवादी,वामन्ंथी सबै छाती पीटीरहेका भएपनि सङ्घीहरु चाहिँ निश्चिन्त भएर बसेका छन् । दुई दशक सम्म जुन रामको लागि उनीहरुले यत्रो तोडफोड–हुलदङ्गा–रक्तपातगरे,ती राममाथी उनीहरुको स्वाभाविक अधिकार हुन्छ । (ग) काँग्रेसी सबभन्दा बढी ब्याकूल भएको पाइन्छ । ताल्चा खोलेर मुक्त गराएका रामलाई आफ्नै नाकको मुन्तिरबाट भाजपाईले लिएर गए । अब काँग्रेसीहरु–‘केही छैन ‘हाम्रै खालको रामराज्य’ आउने दिन पनि आउनेछ’ भन्दै ढुक्क भएर सुतेका छन् ।
(ग) ‘आफ्नै प्रकारको वास्तविक राम’ को विषयमा कैयौँ कविताहरु–कथाहरु–गीतहरुको रचना गरेको,फासीबाद हो वा हैन तथा रामको अस्तित्व छ की छैन भन्ने विषयमा समेत भन्ने कुरामा कैयौँ अनलाइन अन्तक्रिया देखी गोष्ठी,सम्मेलनसम्म गरेका–गर्दैगरेका अनि अहिले पनि गरिरहेका–साहित्य रचनाहरु गरिरहेका कम्युनिष्टहरु यत्रो मेहनत गर्दापनि जनतामा कुनै अशर नपरेकाले अव के गर्ने ? भन्ने सोचेर सबभन्दा दुखी भएका छन् । आफ्नो वास्तविक राम र देश दुवैलाई अहिले काँग्रेसले नै बचाउँन सक्छ भन्ने कम्युनिष्टलाई विश्वास र भरोशा भएको देखिन्छ,केही बामपन्थी त विधमान जनतालाई भङ्गगरेर नयाँ जनता छान्नुपर्ने कुरा गर्दैछन् ।”

“ एउटा ढुङ्गालाई अर्को ढुङ्गाले जीऊँदो बनाऊँदै छ,चुँडिएका प्वाँख पखेटालाई एक पंक्षीले मर्मत गर्दैछ “(– अरुण अवध,२०८०–साहित्य लेखक,बुद्धिजीवी । भारत । सामाजिक सञ्जालको भित्तामा– २२ पुष तदानुशार ०७ जनवरी ई.सं. २०२४) ।
भिडले कहिले काहीँ इतिहाशको पछाडी मूलरुपमा प्रकृति र विज्ञान पनि हुन्छ भन्नेकुरा विर्सन्छ । त्यसैले भिडलाई केही समय हुई हुई सुई सुई ताली गालीको लागि प्रयोग गर्न सकिन्छ ।
हनुमानलाई पक्रेर पुच्छरमा घिउ तेलले भिजेको लुगाफाटा बाँध्दै हनुमानलाई गाली गर्दै लात्तिले पनि हिर्काउँदै –“कौतुक कहँ आये पुरबासी । मारहिँ चरन करहिँ बहु हाँसी ।।” हाँसो ठट्टा गरेका भिडले जव हनुमानको पुच्छरमा लगाएको आगोले लङ्का भष्म गरेको देखेपछि त्यही भिडले फेरि हामीले त यो कुनै साधारण बाँदर हैन है यो देवताको रुपमा आएको हुन सक्छ आखिर सज्जनलाई अपमान गरेको नतिजा लङ्कालाई अभिभावक बिहिन रुपमा हेर्दै भोग्नु प¥यो की परेन–“हम जो कहा यह कपि नहिँ होई । बानर रूप धरेँ सुर कोई ।। साधु अवग्या कर फलु ऐसा । जरइ नगर अनाथ कर जैसा ।।” भन्दै भीडले कशरी परिस्थिति अनुशार बोली फेर्छ भनेर उहीले तुलसीदाशले रामचरित मानशमा भीडको चरित्र प्रष्ट पार्नु भएको सन्दर्भमा मानिश एकआपसमा भेट्दा मानिश भएपनि समुहमा पशुसरह हुँदो रहेछ भन्ने प्रष्ट हुन्छ (पङ्कज चर्तुबेदी,२०२४ । भीड् का चरित्र । सामाजिक सञ्जाल । भारत । ९ जनवरी ई.सं.२०२४) ।
“यदी कविता नभएको भए त राम र कृष्ण पनि यथार्थ हुनुहन्नथ्यो” भन्ने भारत सरकारका पूर्व निजामति कर्मचारी एवं साहित्य लेखक आलोचक अशोक बाजपेयीको बिचार सम्झदै अर्का भारतीय साहित्य लेखक स्व.कैलाश वाजपेयीले–“व्यक्तिगत रुपमा तपाईँ मानिश हो,समूहगतरुपमा पशु हो” भनेको कुरा पनि सम्झना आउँछ ।
सामाजिक सञ्जालमा कतिले अहिले भारतमा राम को नाममा घृणा फैलाइएकोले हे राम हजूर “काम कोह मद मान न मोहा । लोभ न छोभ न राग न द्रोहा ।। जिन्ह केँ कपट दम्भ नहिँ माया । तिन्ह केँ हृदय बसहु रघुराया।।१।।–भावार्थ=जसको काम,क्रोध,उन्मत्त,अहङ्कार र आशक्त्ति छैन,न त लोभ लालच नै छ,न क्षोभ छ, न रागछ, न द्वेष छ र न कपट,घमण्ड र माया नै छ–हे रघुराज ! हजूर त्यस्ताको हृदयमा बिराजमान हुनु होस ।।१।।”(गोस्वामी तुलसीदास । रामचरितमानस–अयोध्या काण्ड) भनेर पनि साझा गरेका थिए ।
साहित्यमा कलम चलाउने भारत बिहारकी मनीषा सिन्हाले १५ जनवरी ई.सं.२०२४ मा ‘राम आएङ्गे तो अँगना सजाऊँङ्गी’ शीर्षकमा एक साहित्यिक सोशल मेडियाको भितामा सीताप्रति स्नेह ब्यक्त गर्दै यस्तो कविता साझा गर्नु भएको थियो–“राम आउनु भयो भने आँगन सजाएर राख्छु,तर राम आउनु भयो भने स्त्रीको अस्मिताको के हुन्छ भन्ने छु । अग्निपरीक्षा दिनुभएकी सीताको दुख पनि सुनाऊँछु ,अग्निपरीक्षा पछि वन जानु परेको ब्यथापनि सम्झाउँछु । कशरी पालीन लव–कुशलाई वनमा एक्लै,अश्रु सीँचित परेलीहरुको पीड़ा पनि भन्ने छु । सीता हुनुहुन्थ्यो हाम्रो मिथिला की पुत्री,रामलाई हाम्रि छोरिकों मर्म दिखाउँछु । हो हजूर मर्यादा पुरूषोतम,तर हाम्रि सियालाई पनि मर्यादा स्त्रीउत्तमको नामले बोलाऊँछु” ।
कतिले त ई.सं. २०१४ पछि भाजपाले सरकार चलाएर बनेका राम भक्तहरुलाई भनेर –“ के तिमिहरुलाई अहिले सम्म कुल कतीवटा रामायण लेखियो ? रामकथा विश्व स्तरमा सर्वश्रेष्ठ प्राज्ञीक अनुसन्धान बेल्जियम निवासी ईसाई फादर कामिल बुल्के हुन भन्ने कुरा भक्तहरुलाई थाहा छ ?”जस्ता प्रश्नहरु पनि सामाजिक सञ्जालमा साझा गरेका थिए । कार्टुनिष्ट राकेश रञ्जनको अच्छे दिनलाई भगवान रामले कहिँ भेटनु भयो भनेर उहाँलाई सर्वसाधारण जनताले सोधेको ब्यङ्ग चित्र थर्ड आईले १७ जनवरीमा सामाजिक सञ्जालमा साझा गरेको थियो ।

बिराटनगरका साहित्य लेखक लक्ष्मण कुमार नेवटियाले–“अवधपूरी अनुपम ठाउँ,सरयु छेउ सुरभित गाउँ,प्रभु रघुवरको आशिष् पाउँ,गर्न दर्शन छिट्टै जाउँ,राम छवि रहोस् मुटु साथ,राम प्रभु नै हाम्रा गाथ,कौशल्याका जेठा छोरा,भक्तहृदयका छन् चित्त चोरा” भन्दै रामको भक्तिमा ०२ माघ बि.सं २०८० मा आफ्नो सामाजिक सञ्जालमा कविता साझा गर्नु भएको थियो । बहुदल बादी धर्म मान्दैनन् किनकी बीपीले धर्म मानेनन त्यस माथि नेपालमा धर्मलाई अफीम मान्ने कार्ल मार्क्सका चेला नेपाली बाम भएकाले कम्यूनिष्ट त झन धर्म को नाम पनि लिन मान्दैनन– बुढालाई मार्छन भनेर बिरोधिले जनताको मनमा बिचार खाँदेका थिए तर बि.सं. २०५२ सालमा नेपालमा प्रथम कम्यूनिष्ट सरकार बनेर बृद्ध भत्ता वितरण गरेपछि र भारत लगायत दक्षिण एशियामा समेत त्यसको चर्चा भएपछि बामप्रति अधिकांश जनताको हेर्ने सकारात्मक दृष्ठिकोणमा बृद्धि भएको थियो । कुनैपनि इतिहाश हुन वा धर्म कर्मलाई प्रकृति तथा विज्ञानसँग आवद्ध गरेमा त्यसले दिगो रुप लिन्छ ।
माक्र्शबाद बैज्ञानिक हो भने बदलीदो प्रविधिले ल्याएको परिवर्तनसँग आत्मसात गर्दै निष्ठा तथा इमान्दारीपूर्वक अनुकूल हुनुपर्छ भन्दै चिनले तिब्बतमा धर्मसँग समाजबादलाई जोडेको कुराहरु यो पंक्तिकारले दुई खण्डमा खैरा सिद्धांत बारे र अरु लेखमा समेत साँघु साप्ताहिक तथा अरु पत्रिका मार्फत चर्चा प्रश्तुत गरेको थिएँ । यो पंक्तिकारले विगतमा लेखहरुमार्फत भगवान रामलाई भन्दा माता सीतालाई कार्य योजना रणनीति, समाजशास्त्र हरेक विषयमा बढी जानकारी थियो भन्ने उल्लेख गरेको सन्दर्भमा अहिले भारतमा पनि सीताको महानताबारे चर्चा गरिन लागिएको छ ।
भारतमा अहिले अहिले राम मन्दिरको मात्र चर्चा भयो,तुलसी दाशले सोझी–सरल–चुपचाप बश्ने–पतीले जे भन्यो त्यसको अनुकरण गर्ने रुपमा प्रश्तुत गर्नु भएर भारतीय समाजमा महिलाहरुको लागि प्रेरणास्पद बनाउनु भएको रामको अर्धाङ्गिनी माता सीताको भने चर्चा भएन भन्दै बाल्मीकिको पनि स्मरण गर्दै भारतीय लेखक बुद्धिजिवि बीच टिप्पणी चर्चा शुरु भएको छ । जस्तै–
बाल्मीकिले आफ्नो रामायणमा एउटी जागरूक,साहसी,दृढ्,न्याय प्रेमी,निर्भीक,तर्क–वितर्क गर्दै आफ्नो मत ब्यक्त गर्ने,उच्च मनोबल हुनु भएकी,उच्च संस्कारले सम्पन्न,प्राचिन शिक्षा नगरी जनकपुरको जनक दरबारमा सशास्त्र बादविदाद सुनेकी शिक्षित तथा बादविवादमा पोख्त,अद्वितीय शक्तिशालि,स्वाभिमानी,पतिको प्रगती कार्यमा सहयोगी एवं शालीन महत्वपूर्ण प्राचिन नारीको रुपमा प्रश्तुत गर्नु भएर रामायणलाई रामको अयन हैन सीताको अयन ठान्दैै सीताःपतये नमः भनेर आफ्नो पुस्तकको नाम ‘रामायण’ राख्नु भएको हुनाले पनि रामचन्दा पहिले सीतालाई स्वीकारेर जनजीव्रोमा ‘सीताराम’ झुण्डिएको छ ।

विभिन्न लोककथाहरुमा पनि राम भन्दा सीतालाई शक्तिशाली मानिएको छ । रावणको रक्त बीजबाट राम पराजित हुनुहुँदा सीतालाई सम्झीएपछि महाकालीको रुपमा सीता प्रकट भएर महारावणको रगत खप्परमा भरी पारेर पिएपछि मात्र महारावणको वध हुन सकेका–‘पस्त परे रावन सेँ रघुवर–याद करेँ सीता खोँ रघुवर–चली करन हो कल्याण महाकालिका’ जस्ता रामको भन्दा सीताका प्रशस्तिलोकगीतहरु भारतका गाऊँ समाजमा प्रचलित छन् ।
भारतीय जनजीवनले स्वयं रामले राज्यभिषेक गराउनु भएका विभिषणप्रति ‘घर का भेदी लङ्का ढाये’ भन्दै भारतको मीरजÞाफर र जयचन्द जस्ता ईतिहाशका पात्रहरुसँग तुलना गर्छन ।
‘भूप सहस्त्र दस बारम्बारा–लगेउठावन टरै ना टारा’ भनेर बर्णन गरिएको शिव धनुषलाई बाँया हातले सीताले उठाएको देखेपछि राजा जनकले उक्त धनुष उठाउनेसँग नै सीताको विवाह हुन्छ भनेर घोषणा गर्नु भएको थियो । रामले सीतालाई आफुसँग बनवास लैजान नमानेपछि बाल्मीकि रामायणमा सीताले पहिलो पटक आफु पनि सँगै जाने अनुमति माग्दा बोल्नु परेको प्रसङ्ग उल्लेख छ । सीताले हरेक दुख सुखमा साथ दिनु भएको थियो । राम डराएको देख्दा यती कमजोर हुनुहुन्छ भन्ने थाहा पाएको भए बाबाले हजुरलाई छोरी दिनुहुन्न्थ्यो भनेर मनोवल बढाउनु भएको थियो । विराध नामको राक्षसले राम लक्ष्मणलाई उठाएर लैजान खोज्दा बरु आफु मर्न तयार भएकाले मलाई लैजानु उहाँहरुलाई केही नगर्नु भनेर सम्झाएर पठाउनु भयो । रावणको कुत्सित मनशाय बुझेर पनि उनलाई सम्झाएर आफु उच्च संस्कारमा हुर्केको उदाहरण प्रकट गर्दै साधु शब्दले सम्बोधन गर्नु भयो ।
(स्वतन्त्र लेखनमा कलम चलाईरहनु भएका लेखक नेपाल सरकारका पूर्व प्रमुख जिल्ला अधिकारी–महा निर्देशक–सहसचिव हुनुहुन्छ । तस्वीर सौजन्य ः थर्डआइ,जागरण जोश–सोसल मिडीया । सामाजिक सञ्जाल मार्फत गुगल इन्टरनेट १८ जनवरी २०२४) ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *