महालक्ष्मी विकास बैंकको नाफा २७ करोड ८० लाख रुपैयाँ
काठमाडौं । महालक्ष्मी विकास बैंकको चालु आर्थिक वर्ष २०८०।८१को दोस्रो त्रैमासमा खुद नाफा १२.०३ प्रतिशत घटेर २७ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३१ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेको थियो । यस अवधिमा बैंकले खराब कर्जा घटाएको छ । गत वर्षको पुसमा ४.५७ प्रतिशत एनपीएल रहेकोमा यस वर्षको पुसमा घटेर ४.२१ प्रतिशतमा झारेको छ । बैंकको खुद ब्याज आम्दानी घटेका कारण नाफामा असर गरेको हो । पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १४.५३ प्रतिशत घटेर ८९ करोड २४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यस अवधिमा बैंकको नेट फि तथा कमिशन आम्दानी ३३.९३ प्रतिशत बढेर ९ करोड ६७ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १०.७१ प्रतिशत घटेर १ अर्ब २ करोड रुपैयाँ, सञ्चालन नाफा १२.८३ प्रतिशत घटेर ३९ करोड ५७ लाख रुपैयाँ र वितरणयोग्य नाफा ३.२८ प्रतिशत अर्थात् ६ करोड ८३ लाख रुपैयाँ रहको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ४ अर्ब १७ करोड १३ लाख रुपैयाँ, जगेडा कोष २ अर्ब २५ करोड ४० लाख रुपैयाँ, निक्षेप संकलन ३ प्रतिशत बढेर ५३ अर्ब ४ करोड रुपैयाँ र कर्जा लगानी ९.०६ प्रतिशत बढेर ४० अर्ब ५० करोड रुपैयाँ गरेको छ । बैंकको नाफासँगै प्रतिसेयर आम्दानी २.४३ रुपैयाँ घटेर १३.३३ रुपैयाँमा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात २५.५८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५४.४ रुपैयाँ छ । बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८३.३३ प्रतिशत, आधार दर १०.७१ प्रतिशत, कस्ट अफ फण्ड ८.३३ प्रतिशत र इन्ट्रेस्ट रेट स्प्रेड दर ४.५९ प्रतिशत छ ।