राम जन्म भूमिमा नेपालको दावि के भयो ?

४०० पार किन्हेँ बिनु मोदीजीके कहाँ बिश्राम ! भाग–१ को क्रमश… शीर्षक परिवर्तन सहित भाग–
रावणको अशोक वाटिकामा नजरबन्दमा हुनुभएकी सीताले हनुमानलाई आवश्यक प्रमाण बुझेरमात्र भेट दिनु र हनुमानले काँधमा बोकेर लैजाने प्रश्ताव राख्दा रावणले जशरी उठाएर ल्याए त्यही शैलीमा भागेर जानु हुँदैन रामले रामथ्र्य र शालिनताले रावणलाई पराजित गरेर सीता मुक्त गरुन भन्ने दुरदर्शी तथा विवेकपूर्ण निर्णय क्षमता प्रदर्शन गर्नु भएको थियो । दण्डकारण्य वनमा रामले त्यहाँका सवै दानवहरुलाई नष्ट गर्ने प्रतिज्ञा गर्दा उक्त वनमा निरीह, निर्दोष प्राणीहरु पनि त छन् त्यसो हुँदा दोषिलो मात्र सजाय पाउनु पर्छ भनेर सीताले न्यायको सिद्धान्त रामलाई सुनाउनु भएको थियो । (‘कुनै बेला महाकान्तार–भ्रमरकोटको नामले चर्चित र त्रेता युगमा रामले १० बर्ष वनबास ब्यतित गर्नुहुँदा यहीबाट सीताको समेत हरण भएको दण्डकारण्य भनिएको प्रकृति सुन्दरताले भरिपूर्ण हालको भारतीय छत्तिसगढ प्रदेशको जिल्ला हालको बस्तर हो । आदि पुरुष रामले खर–दूषद,ताड्क,,मारीच र विराध जस्ता राक्षश सहित केही हिंशक जनावरहरुलाई मारेर त्यहाँका आदिवासिहरुलाई भयमुक्त गर्नुभएकाले बाँनर–बाँदरं–वनमा बश्ने नरहरुले उहाँलाई सहायता गर्नु भएको भनिन्छ भनेर सैयौँ बर्ष पहिले वाल्मीकि रामायण,रामचरित मानस,बङ्गला कृतिवासी रामायण तथा महाकवि कालीदासको रघुवंशमा बर्णन गरिएको छ ’(हिन्दुस्तान सम्बाद,२०२३ । रामायण और कालीदास की रघुवंश मेँ दण्डकारण्य का वर्णन । सोसल मेडीया । भारत । ०३ जुन ई.सं.२०२३) ।
रामको चिन्तालाई लिएर लक्ष्मणप्रति बोल्नुभएको अलि रुखो बोलीप्रति पछि आत्मालोचना पनि गर्नु भएको थियो ।

लङ्कामा एक बर्ष नजरबन्दमा रहेकी सीतालाई जव रामले मैले आफ्नो कर्तव्य पुरा गरेँ अव तिमी आफ्नो खुशी गर म अयोध्या लिएर जान्न भन्दा सीताले रामको यो सोच्दै नसोचेको अचम्मको कुरा सुनेपछि धर्यता तथा संयमतासाथ ‘यदी मेरो पवित्रता र चरित्रमाथी शङ्का भएको थियो भने त यश्तो कुराको सन्देश पहिले नै हनुमानसँग पठाउनु भएको भए यत्रा मानिशहरु युद्धमा मारिदैनथे–युद्ध पिडितहरुले पनि यत्रो व्यथा भोग्नु पर्दैनथ्यो, मलाई हजूरले सिर्फ दुर्वल–चञ्चल–अवगुणहरुले भरिएको स्त्रीको रुपमा देख्नु भयो । म हजूरको कठोर बचन भन्दा बरु कमै भयङ्कर अग्नी परिक्षा दिन तयार छु भनेर कशैको बारेमा नराम्रो नसोच्ने अनि कशैको गल्तीप्रति माफ दिनुहुने सीता सकारात्मक सोच,उदार हृदय र मानवीय ब्यवहारको पक्षधर हुनुहुन्थ्यो । वनवासको बेला पनि बाल्मीकि आश्रममा रहेर दुई छोराहरुलाई जन्माएर पालन पोषण गर्दै छोराहरुलाई साथमा रामको दरबारमा लिएर जाँदापनि कुनै राईकराई गएर दयाको भिख माग्निु भएन बरु प्रकृति–पृथ्वस्सँग आफ्नी छोरीलाई शरणमा लिएर शान्ति प्रदान गर्न बिन्ती गर्नु भएपछि पृथ्वि फाटेर सीता त्यही भित्र समाहित हुनुभयो । यसरी भन्नुपर्ने हुन्छ की यदी रामचरित मानसलाई छोडदिने हो भनेँ मूल रामायण एवं लोकमानसमा मानव संस्कृतिका अहिल्या,द्रौपदी,तारा,मन्दोदरी सहित पाँच कन्याहरुमा सीताको स्थान भएको पाइन्छ । दया मायाको भिख मागेर कशैसँग हात नपसारी लाचारताबाट माथी उठेकी स्वभीमानी सीताबारे बाल्मीकिले स्वयं भन्नु भएको छ –‘सीताश्चरितम् महत् ’(सुसंस्कृति परिहार,२०२४ । सामाजिक सञ्जाल । भारत । १२ जनवरी ई.सं.२०२४) ।
यसरी अहिले रामललाको प्रसङ्गमा मात्र हैन पहिेदेखी नै नेपालकी सीतालाई अनि नेपाललाई पनि हेप्ने भारतीय साशकको प्रवृतिमा हेरिदै आएको छ । एमाले रामेछापका पूर्व जिल्ला सचिव–धर्मशास्त्र तथा सामाजिक संस्कारका बिश्लेषक एवं अनुसन्धानकर्ता–समाजशास्त्री–बुद्धिजिवि रामचन्द्र भण्डारीले यश पंक्तिकारसँगको भेटमा भन्नु भएको–“नेपालले रामचन्द्र जन्मभूमिबारे प्रमाणहरु जुटाउँदै दाविगरिरहेको बेला,त्यहाँको अदालतले रामजन्मभूमिबारे नबोलेर सिर्फ दाविको सम्बन्धमा मात्र बोलेको सन्दर्भमा अहिले हत्तपत्त रामबारे प्रचार गरिनुले नेपालको रामबारेको दाविलाई छाँयामा पार्न खाज्दै नेपाललाई दवाउन खोजेको,हामी नेपालीले मर्यादापूरुष रामको चरित्रलाई अनुशरण गरेपनि भारतीय साशकले सीता लगायतका विषयमा नेपाललाई वेवास्ता गर्दै उल्टै सीतामाढीलाई सीताको जन्मभूमी भनेर प्रचार गरिरहेको छ”भन्नु हुँदा यो पंक्तिकारले आजतक हिन्दी चैनलले जनकपुरलाई केही दिन अघि सीताको जन्मभूमि मानेर अदालतको फैशलामा भारतीय पुरातत्वबाट इश्लामिक ढाँचाको मूर्ति फेला नपरेको भन्ने जनाइएको भनेर समाचार प्रशार गरेको प्रसङ्ग जोड्दै तर रामको नै मूर्ति फेला परेको नभनेकाले बुद्धको मूर्तिहरु फेला परेका भनेर बुद्धधर्मालम्बीहरु बहश गर्ने गरेको कुरापनि गर्न भ्याएको थिएँ ।
जनकपुरबाट अयोध्यामा तीन हजार भन्दा बढी उपहार पठाइएको जस्ता समाचार दिँदै भारतीय सञ्चार माध्यम आजतकले १५ जनवरी ईं.सं.२०२४ को समाचारमा‘नेपालको जनकपुरलाई माता सीताको जन्मस्थान मानीन्छ’ भन्दै जनकपुरमा उक्त दिन सवालाख दियो जानकी मन्दिरमा बालिने भनेर समाचार प्रशारित गर्दा पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधिले–हाम्री छोरी माता जानकीको विवाह भगवान श्रीरामसँग भएको थियो,अयोध्यामा यशरी अहिले रामललाको प्रसङ्गमा मात्र हैन पहिेदेखी नै नेपालकी सीतालाई अनि नेपाललाई पनि हेप्ने भारतीय साशकको प्रवृतिमा हेरिदै आएको छ ।
एमाले रामेछापका पूर्व जिल्ला सचिव–धर्मशास्त्र तथा सामाजिक संस्कारका बिश्लेषक एवं अनुसन्धानकर्ता–समाजशास्त्री–बुद्धिजिवि रामचन्द्र भण्डारीले यश पंक्तिकारसँगको भेटमा भन्नु भएको–“नेपालले रामचन्द्र जन्मभूमिबारे प्रमाणहरु जुटाउँदै दाविगरिरहेको बेला,त्यहाँको अदालतले रामजन्मभूमिबारे नबोलेर सिर्फ दाविको सम्बन्धमा मात्र बोलेको सन्दर्भमा अहिले हत्तपत्त रामबारे प्रचार गरिनुले नेपालको रामबारेको दाविलाई छाँयामा पार्न खाज्दै नेपाललाई दवाउन खोजेको,हामी नेपालीले मर्यादापूरुष रामको चरित्रलाई अनुशरण गरेपनि भारतीय साशकले सीता लगायतका विषयमा नेपाललाई वेवास्ता गर्दै उल्टै सीतामाढीलाई सीताको जन्मभूमी भनेर प्रचार गरिरहेको छ”भन्नु हुँदा यो पंक्तिकारले आजतक हिन्दी चैनलले जनकपुरलाई केही दिन अघि सीताको जन्मभूमि मानेर अदालतको फैशलामा भारतीय पुरातत्वबाट इश्लामिक ढाँचाको मूर्ति फेला नपरेको भन्ने जनाइएको भनेर समाचार प्रशार गरेको प्रसङ्ग जोड्दै तर रामको नै मूर्ति फेला परेको नभनेकाले बुद्धको मूर्तिहरु फेला परेका भनेर बुद्धधर्मालम्बीहरु बहश गर्ने गरेको कुरापनि गर्न भ्याएको थिएँ ।
जनकपुरबाट अयोध्यामा तीन हजार भन्दा बढी उपहार पठाइएको जस्ता समाचार दिँदै भारतीय सञ्चार माध्यम आजतकले १५ जनवरी ईं.सं.२०२४ को समाचारमा‘नेपालको जनकपुरलाई माता सीताको जन्मस्थान मानीन्छ’ भन्दै जनकपुरमा उक्त दिन सवालाख दियो जानकी मन्दिरमा बालिने भनेर समाचार प्रशारित गर्दा पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधिले–हाम्री छोरी माता जानकीको विवाह भगवान श्रीरामसँग भएको थियो,अयोध्यामा रामललाको प्राण प्रतिष्ठा हुने कुराले हामीहरु अत्यन्त उत्साहित र गौरवान्वित भएका छौँ” भनेर भन्नुभएको कुरा पनि उल्लेख गरेको थियो( आजतक डट इन,२०२४ । नेपाल के जानकी मन्दिर मेँ २२ जनवरी को सवा लाख दीए जलाए जाएङ्गे,सीता के मायके से अयोध्या आएङ्गे ३००० से अधिक उपहार । आजतक । १५ जनवरी ई.स.२०२४) ।
भारतीय हिन्दी चैनल आजतक अनुशार प्राणप्रतिष्ठाको समारोहमा नेपालबाट थुप्रै सङ्घ संस्थाहरुको प्रतिनिधित्व हुने छ । यश समारोहलाई भारतीय राष्ट्रीय काँग्रेसका राष्ट्रीय अध्यक्ष मल्लिकार्जुन खड़गेले–“राम आस्थाको विषय हो,प्राण प्रतिष्ठा एउटा कार्यक्रम भएकाले कार्यक्रममा नजाने हिन्दु विरोधी हुन सक्दैन राम मन्दिरलाई लिएर राजनीतिक लडाई त एकातिर जारी भै रहेको अवस्थामा अब धार्मिक लडाई पनि शुरु भएको छ” भनेर भन्दै गर्नुहुँदा प्राण प्रतष्ठाको निमन्त्रणा पाएपनि भारतीय राष्ट्रीय काँग्रेसले समारोहमा सहभागी नहुने घोषणा गरिसकेको छ । मूर्तिको खर्चको हिशाव काँग्रेशले माग्ने देखी शङ्कराचार्यको सहभागी नहुने भन्ने विवाद पनि देखिएको छ ।
काँग्रेश नेता राहुल गान्धीले–“२२ जनवरीको राम मन्दिर के उद्घाटनसमारोह राजनीतिक कार्यक्रम हो । आफु सबै धर्मको साथमा छु,आफु साँच्चै धर्मलाई मानेर धर्मसँग ब्यक्तिगत नाता गाँसेको छु,धर्मको सिद्धान्त अनुशार आफ्नो जिन्दगी गुजार्ने कोशिस गर्दछु । सवै धर्मलाई मान्दै सम्मान गर्दछु । म नफरत फैलाउँदिन । मानिससँग इज्जत साथ सही व्यवहार गर्दछु । मलाई धर्मबाट राजनीतिक फायदा उठाउनु छैन,यसमा मलाई इन्ट्रेष्टेड छैन,मलाई धर्मको शर्ट पायण्ट पहिरिनु पर्ने जरूरत छैन । जान चाहने जनताहरु जान सक्छन हाम्रो पार्टीका जो जान चाहन्छन जान सक्छन आरएसएस भाजपाले २२ जनवरीकोे कार्यक्रमलाई राजनीतिक नरेन्द्र मोदी कार्यक्रम बनाएको र हिन्दु धर्मका ठूला नेतृत्वगर्नेहरुले पनि यशलाई राजनीतिक कार्यक्रम भनिरहेका छन । यश्तो सङ्घ र भाजपाले आयोजना गरेको राजनीतिक कार्यक्रममा आफु जान नसक्ने”भनेर भनेको समाचार बाहिर आएको थियो (इन्द्रजीत कुण्डू,२०२४ । मुझे धर्म का फायदा नहीँ उठाना,मैँ इन्ट्रेस्टेड नहीँ,अयोध्या जाने के विवाद पर बोले राहुल गान्धी । आजतक । १६ जनवरी ई.स.२०२४) ।
कर्नाटकाका अरुण योगी(श्वेत खैरो अर्ध ग्रेनाइट कुदने)–गणेश भट्ट(श्याम शिला कुदने),राजिस्तान जयपुरका सत्यनारायण पाण्डे( प्रसिद्ध श्वेत मार्कना मार्वल पत्थर कुदने) को टीमले अरुण योगी को नेतृत्वमा रामललाको ५१ इन्च अग्लो मूर्ति बनाएका थिए(मौलश्री सेठ,२०२३ । थ्री स्कल्पचर्स इन कन्टेष्ट फर सेलेक्शन अएज राम लल्ला आइडोल रेडी । द इडियन एक्शप्रेश। अंग्रेजी । ३० डिसेम्बर ई.सं. २०२३ राम ललाको प्रतिमाको १६ जनवरीमा कर्मकुटी संस्कार गर्दै अयोध्यामा राम मन्दिर प्राण प्रतिष्ठाको अनुष्ठान शुरु भएको थियो । करीब ५० वैदिक प्रक्रियाहरुमा सहभागी हुनेगरी प्रथम ज–यजमानको रुपमा डाक्टर अनिल मिश्र र उहाँको पत्नी उषा मिश्रा शुद्धोदक (सरयू जल) को साथमा गाईको दूध,दही,घीउ,गोबर,गोमूत्र,भस्म कुशोदक (कुश मिश्रित जल) पञ्चगव्य जस्ता १० प्रकारका स्नान गर्दै पञ्चगब्यको प्राशन (चाख्नु) भएपछि जजमानहरुले व्रत आरम्भ हुन्छ । त्यसपछि भगवानलाई सरयूको के पवित्र जलले स्नान गराएर जजमान र आचार्य गणबाट भगवानको मूर्तिको आँखामा पट्टी बाँधीन्छ जसलाई २२ जनवरीमा प्रम नरेन्द्र मोदीले खोल्ने कार्यक्रम छ (आशीष श्रीवास्तव,२०२४ । गाय के गोबर,दही–घी समेत इन चीजोँ से नहाएङ्गे प्राण प्रतिष्ठा के यजमान,आज से शुरू हो रहा अनुष्ठान । आजतक । १६ जनवरी ई.स.२०२४) ।
दशकौँ देखी जारी रहेको अयोध्या विवादमा अन्तिम ऐतिहासिक फैसला ०९ नोभेम्बर ई.सं.२०१९ शनिबार प्रधान न्यायधीस रञ्जन गोगोई, न्यायधीस शरद अरविन्द बोबडे,न्यायधीस धनञ्जय यशवन्त चन्द्रचूड,न्यायधीस अशोक भूषण र न्यायधीस अब्दुलको संवैधानिक बेञ्चले खाममा बन्द गरिएको फैसलाको कागजमा सही गरे र त्यसपछि प्रधान न्यायधीस गोगोईले पढेर सुनाउनु भएपछि भारतको सर्वोच्च अदालतले घोषणा गरेको औपचारिकता पुरा भयो । २२–२३ डिसेम्बर ई.सं. १९४९ मा नै बाबरी मस्जिदको गोलो शीखरको ठीक मुनिको कोठा भित्र रामललाको मूर्ति राखिएको थियो । भारतका पूर्व प्रधानमंत्री पी.वी.नरसिम्हा रावले आफ्नो पुस्तक ‘अयोध्याः ६ डिसेम्बरर १९९२ ’मा लेखे अनुशार २३ डिसेम्बरको बिहान स्टेशन हाउस अफिशर–एस.एच.ओ.रामदेव दुबले भारतीय दण्ड संहिताको धारा १४७–४४८–२९५ अन्तर्गत–“राती ५०–६० जना मानिश ताल्चा फोढडेर र पर्खाल नाघेर मस्जिदमा ंप्रवेश गरेर उनीहरुले श्री रामचन्द्रजीको मूर्ति की स्थापना गरे । उनीहरुले भित्ताको भित्र बाहिर गैरु तथा पहेलो रङ्गले ‘सीताराम’ आदि पनि लेखे । ड्यूटीमा भएका कांस्टेबललाई नटेरेपछि पीएसी बोलाएपनि केही लागेन”भन्दे एफआईआर दर्ता गराउनु भएको थियो । जसको आधारमा २९ डिसेम्बर १९४९ मा मस्जिदलाई अदालतले कव्जामा लिएर ताल्चा लाएदिएको थियो । तत्कालीन नगरपालिका अध्यक्ष प्रिय दत्त रामलाई भवनको रिसीवर नियुक्त गरेर उहाँलाई मूर्तिहरुको पूजाआजा गर्ने जिम्मेबारी दिएको थियो । यशरी राखिएको मूर्तिको लागि त्यहीको सीता–कौशल्या भान्साघरमा भोग तयार गरिन्थ्यो विवाद बढेको बढै भएपनि निर्मोही अखडाको नियन्त्रणमा त्यही अखाडाकासाधु–सन्यासीले त्यहाँ पूजा–पाठ आदि विधान गर्ने गरेका थिए । ३० सेप्टेम्बर ई.सं.२०१० मा इलाहाबाद हाई कोटले अयोध्याकोे विवादित स्थललाई राम जन्मभूमि मानेको थियो । हाई कोर्टले २.७७ एकड जमीनलाई सुन्नी वक्फ बोर्ड,निर्मोही अखडा र रामललाको बीचमा बराबर बाँडने आदेश दिएको थियो । ई.सं.१९८९ को आम निर्वाचन भन्दा पहिले विश्व हिंदू परिषदका एक नेता र निवृत न्यायधीस देवकी नन्दन अग्रवालले ०१ जुलाईमा भगवान रामको मित्रको रुपमा साथै विश्व हिंदू परिषदपनि परोक्ष रुपमा पक्षधर भएर २३ दिसंबर १९४९ मा रामको मूर्ति मस्जिदमा राखिएको र राम जन्मभूमि र भगवान राम दुवै पूजनीय हुनुहुन्छ उहाँ नै यस सम्पत्तिको मालिक हुनुहुन्छ तथा राम जन्मभूमि संस्था यही स्थानमा रामको विशाल मन्दिर बनाउन खोजेको छ भन्दै अशोक सिङ्घल मुख्य पदाधिकारी भएको राम जन्मभूमि संस्थालाई पनि प्रतिवादी बनाएर पाचौँ पटकदावी गर्दै फैजाबादको अदालतमा मुद्धा दायर गर्नु भएको थियो ।

.फैशलाले निम्न पक्षमाथी प्रकाश पारेको थियो–(क) निर्मोही अखडा र शिया वक्फ बोर्डको दावि खारेज गर्दै मुस्लिम पक्ष सुन्नी वफ्फ बोर्ड लाई अयोध्यामा नै अलग्गै स्थानमा ५ एकड जमिन मस्जिद बनाउनको लागि दिने र दिने जिम्मेदारी प्रदेशको योगीनाथको सरकारलाई तोकेर रामललालाई लीगल इन्टिटी मान्दै जमीनको हकदार बनाएको देखिन्छ । (ख) मन्दिर ट्रष्टको गठन भएको छ ।
(ग) फैसलमा एएसआई (भारतीय पुरातत्व सर्वेक्षण) को खोजलाई उपेक्षा गर्न मिल्दैन भन्दै सन्दर्भ दिएर बाबरी मस्जिदको निर्माण कुनै खाली स्थानमा गरिएको थिएन बरु विवादित जमीनको मुनि जुन ढाँचा थियो त्यो इस्लामिक ढाँचा थिएन । (सञ्जय शर्मा–अनीषा माथुर,२०१९ । अयोध्या पर आया सुप्रीम कोर्ट का फैसलाःबनेगा राम मन्दिर,मस्जिद के लिए अलग जगह–मन्दिर वहीं बनेगा,मस्जिद भी बनेगी,पढिए अयोध्या पर फैसले की बडी बातेँ । कौशलेन्द्र बिक्रम सिंह,२०१९ । जानेँ कौन हैँ रामलला विराजमान,जिन्हेँ सुप्रीम कोर्ट ने माना है विवादित जमीन का असल मालिक । आजतक । भारत । ०९ नोभेम्बर ई.सं.२०१९)
राम ललाको दुई मूर्ति मध्ये अचल मूर्ति भनिने नयाँ मूर्ति मन्दिरको गर्भ गृहमा स्थापित हुन्छ । श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्ट अनुशार नयाँ मूर्तिसँगै प्राण प्रतिष्ठा गर्ने गरी दोश्रो पुरानो उत्सवमूर्ति मूर्ति अहिले सानो मन्दिरमा राखिएको छ । उत्सवमूर्तिलाई प्राण प्रतिष्ठा पछि देशको विभिन्न सिद्ध मन्दिरहरुमा लगेर पछि गर्भ गृहको भित्रको अचल मूर्तिको छेउमा स्थापित गरिन्छ । राम ललाको नयाँ मूर्तिको निर्माण गणेश भट्ट,अरुण योगीराज र सत्यनारायण पाण्डे जस्ता मूर्तिकारहरुले गरेका थिए(गौरव सावन्त,२०२३ । राम मन्दिर के गर्भ गृह मेँ स्थापित होगी नई मूर्ति, रामलला की पुरानी मूर्ति का क्या होगा? ट्रस्ट ने ये बताया । आजतक । ०८ डिसेम्बर ई.सं.२०२३) ।
“चरितं रघुनाथश्य शतकोटीप्रविस्तरम् । एकैकमक्षरं पुन्सां महापातकनाशनम् ।।१।।–सय करोडमा विस्तार गर्न सकिने श्री रघुनाथजीको चरित्रको एक अक्षरले मात्र पनि मानवका महान पापहरु नष्ट गर्छ”(रामरक्षास्तोत्रम् । गीताप्रेस,गोरखपुर,भारत । बि.सं.२०७३) जस्ता रामको महिमाले विश्वमा अरवौँ आश्था तथा विश्वास आर्जेको अवस्थामा रामबारे अध्यन अनु्सन्धान भै रहेका छन् । इक्ष्वाकुले बसाएको अयोध्यामा इक्ष्वाकु कै बंशका राम ६३औँ राजा र बुद्ध समेत युवराज हुन,लवकुश अयोध्या छोडेर गएका थिएनन–गुरु गोािन्द सिंहजीको आत्म कथा अनुशार लव बंशमा तथा गुरु नानक देवजीको कुश बंशमा जन्म भएको थिय, जैन धर्मका पाँच तीँर्थकरहरुको जन्म अयोध्यामा भएको थियो (किशोर कुणाल । अयोध्या रिभीजिटेड । भारत) लगायतका दृष्णिकोणहरु अध्ययन अनुसन्धानमा प्रस्तुत भएका पाइन्छ ।
नेपालले पनि यशबारे रामको जन्मभूमि नेपालमा भएको भन्ने दावि गरिरहेको अवस्था छ । नेपालमा जन्मनु भएका भगवान बुद्धलाई त भारतमा जन्मिएका भनेर भारतीय पाठ्य पुश्तकमा समावेश गर्ने,लुम्बिनी विमानस्थलमा हवाईमार्ग नदिने,निजगढलाई आफ्नो तथा आफ्ना गठबन्धनभित्रका देशहरुको लडाकु विमान अवतरण गराउन पाइने भएमात्र अनुमति दिने मनशाय भएको भारतीय साशकको प्रवृतिले नेपालका साधु–सन्त–धर्मगूरु–अध्यन अनुसन्धानकर्ता–राजनीतिक साशक समेतका ‘बहुरङ्गी चरित्र’–‘कम्फर्ट’ प्रवृति राम्रोसँग बुझेकाले नेपालको दावीलाई हावामा उडाउँदै अदालती फैशलाभन्दा एक कदम अघि बढेर जन्मभूमि नै भन्दै रामको बाल्यकालको नाममा ऐतिहाशिक समारोहमा सोमबार जनबरी २२ तारिख माघ ०८ गते भारतका सम्मानीय प्रम नरेन्द्र मोदीले रालललाको मुर्तिको आखाँको पट्टी खोलेर विश्वलाई प्रत्यक्ष देखाउँदै हुनुहुन्छ ।
शङ्कराचार्य स्वामी अविमुक्तेश्वरानन्द सरस्वती महाराजले राम मन्दिर शरीर भएकाले शरिरमा प्राण प्रतिष्ठा हुन्छ मूर्ति त आत्मा हो भन्दै अपुरो मन्दिरमा भगवानलाई स्थापित गर्नु न्यायोचित र धर्म सम्मत नभएको भन्ने साक्षात्कारको चर्चासँगै आग्नेय महापुराण–बिष्णु धर्मोत्तर पुराण–आरोग्य संहिता–सहित श्री बिश्वकर्माद्वारा रचित ‘क्षीरार्णव’ ग्रन्थको पनि चर्चा चल्दै फलाना काँगे्रश आईका शङ्काराचार्य फलाना मोदीका आचार्य,रामानन्द सम्प्रायदायको मन्दिर अरुले बोल्नु पर्दैन भनेर समाजलाई बिभाजन गर्न खोजेको,मोदीमा आत्म विश्वास कमि भएकाले सही साईत एवं अर्धाङ्गिनी ज–यशोदा विना नै प्राणप्रतिष्ठा गराएर हत्तारमा राजनीतिक लाभ लिन खोजेको,प्रर्व प्रम नेहरुले पनि गाईलाई माया गर्नु हुन्थ्यो तर उहाँ बर्तमान प्रम मोदीजी जस्तो धर्म प्रचारको विज्ञापन मोडल हुनुहुन्नथ्यो भन्दै अहिले भारतमा यशरी रामललालाई धर्मको वृतबाट बाहिर तान्दै शैक्षिक–सामाजिक–आर्थिक–राजनीतिक वृतमा समेत बहश शुरु भएको पाइन्छ । राम जन्म भूमिबारे नेपालले आफ्नो दावी जारी राख्नु पर्छ ‘स्ट्रोङ्ग’–‘कम्र्फट’ हैन बरु ‘प्रमाणिक’ हुनुपर्छ ।
(स्वतन्त्र लेखनमा कलम चलाईरहनु भएका लेखक नेपाल सरकारका पूर्व प्रमुख जिल्ला अधिकारी–महा निर्देशक–सहसचिव हुनुहुन्छ । तस्वीर सौजन्य ः बालकरामको नेपालको साहित्य लेखक लक्ष्मण नेवटीया र नेहरुले गाईलाई घाँस खुवाउनु भएको भारतका प्रसिद्ध साहित्य लेखक पङ्कज चर्तुबेदी र भारतीय प्रसिद्ध पेण्टर प्रेम प्रजापतिको सामाजिक सञ्जालको भित्ता र हुलाक टिकट भारतीय सोसल मेडीयाबाट मार्फत गुगल इन्टरनेट १६–२० जनवरी २०२४) ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *