कैलालीमा पाटेबाघ मृत फेला

काठमाडौं । जानकी गाउँपालिका–९ मा रहेको अमरावती सामुदायिक वनमा पाटे बाघ मृत अवस्थामा फेला परेको छ ।

तारले बेरिएको अवस्थामा वयस्क पोथी पाटे बाघ मृत अवस्थामा भेटिएको सव डिभिजन वन कार्यालय लम्कीका फरेष्टर रामबहादुर रावलले जानकारी दिए । उनका अनुसार बाघको शरीरबाट दुर्घन्ध फैलिसकेकाले केही दिन अगाडि नै मरिसकेको हुनसक्ने देखिएको छ । स्याउला लिन जङ्गल पुगेका स्थानीयले मृत बाघ देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि डिभिजन वन कार्यालय लम्की, प्रहरी र स्थानीय सो स्थलमा पुगेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *