६ महिनामा २ अर्ब नाफा कमाएको ग्लोबल आइएमई बैंकको वित्तीय अवस्था कस्तो छ ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले ६ महिनामा २ अर्ब नाफा कमाएको बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०।८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । दोस्रो त्रैमाससम्ममा बैंकले २ अर्ब ४ करोड २३ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। तर, बैंकको यो नाफा गत आवको सोही अवधिको तुलनामा भने २६.५७ प्रतिशत कमी हो । गत आवको दोस्रो त्रैमासमा बैंकले २ अर्ब ७८ करोड ११ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । तर, बैंकको खुद ब्याज आम्दानी र कुल संचालन आम्दानी भने बढेको छ । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७.९९ प्रतिशतले बढेर ९ अर्ब २ करोड ८७ लाख रुपैयाँ कायम भएको छ । यता, कुल संचालन आम्दानी पनि ३९.२२ प्रतिशतले बढेर १० अर्ब ८६ करोड २६ लाख रुपैयाँ पुगेको छ ।

तर, बैंकको संचालन नाफा भने २५.०८ प्रतिशतले घटेर २ अर्ब ८४ करोड ३० लाख रुपैयाँ कायम भएको छ । वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य नाफा पनि १ अर्ब २७ करोड ७९ लाख रुपैयाँ ऋणात्मक देखिएको छ। हाल बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ छ । बैंकले जगेडा तथा कोषमा भने २० अर्ब ७३ करोड ९१ लाख रुपैयाँ राखेको छ । सो अवधिमा बैंकको निक्षेप संकलन पनि ६.५५ प्रतिशतले बढेर ४ खर्ब ५४ अर्ब २४ करोड ८० लाख रुपैयाँ कायम भएको छ भने निक्षेप संकलन २.९० प्रतिशत बढेर ३ खर्ब ६४ अर्ब ७४ करोड ९५ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा बैंकको खराब कर्जा पनि १.७६ प्रतिशतले बढेर ४.६८ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी (इपिएस) पनि झण्डै ७ रुपैयाँले घटेर ११ रुपैयाँ ३१ पैसा कायम भएको छ । यता, प्रतिसेयर आम्दानी पनि १५७ रुपैयाँ ४० पैसा कायम भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *