रवि लामिछानेविरुद्ध छानविनको माग गर्दै संसदीय समिति र सभामुखकोमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध संघीय संसदमा उजुरी परेको छ । आफूलाई अभियान्ता बताउँदै आएका युवराज सफलले आज (मंगलबार) संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समिति र सभामुख देवराज घिमिरेकहाँ उजुरी दिएका हुन् ।

उनले उजुरीमा सहकारीको रकम हिनामिनाका सम्बन्धमा आएका समाचारका साथै लामिछानेको खातामा सहकारीबाट एक करोड ८० लाख गोरखा मिडिया नेटवर्कको बेहर खरिद बिक्रीको कागज समेत भएको सार्वजनिक भएकाले छानबिन गरिदिन माग गरेका छन् । उनले सहकारीबाट रवि लामिछाने समेत सञ्चालक रहेको ग्यालेक्सी टेलिभिजनमा सहकारीको ५२ करोड रुपैयाँ हालिएको भन्दै यसको पनि छानबिन हुनुपर्ने बताएका छन् ।

३५ हजार बचतकर्ताको कम्तिमा ५२ करोड ग्यालेक्सी टिभीमा डुब्यो भन्ने समाचारका साथै रवि लामिछानेको खातामा सहकारीबाट १ करोड ८० लाख डिपोजिट भएको प्रमाण सार्वजनिक भएको छ । रवि लामिछानेको एक करोड ८० लाखको गोरखा मिडिया नेटवर्कको सेयर खरिद बिक्रीको कागज समेत सार्वजनिक भएको छ’, उनले भनेका छन्, ‘तसर्थ निज रवि लामिछानेको सहकारी ठगी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले समेत सहकारी फाइलहरू जफत गरी अनुसन्धान गरेको अवस्था छ । अतः ३५ हजार बचतकर्ताको करिब ५२ करोड घोटाला प्रकरणमा रवि लामिछानेको संलग्नता के कसरी भएको हो? सो को निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न आवश्यक पर्ने भएको छ ।’

उनले रवि लामिछानेको सहकारी ठगीसम्बन्धी विषयमा आवश्यक छानबिन गर्न संसदीय छानबिन समिति चाहिने बताएका छन् । ‘संसदीय छानबिन समिति आवश्यक परेकोले तत्काल संसदीय छानबिन समिति गठन गरी दोषीलाई कारबाही र पीडितलाई न्याय दिन सम्माननीय सभामुखसमक्ष नेपाली नागरिकको तर्फबाट प्रस्तुत निवेदन पेश गरेको छु’, उनले भनेका छन् ।

निवेदक युवराज सफल

नेपाली नागरिक

९८४९७८७०९२ सिन्धुली, कमलामाई नगरपालिका १

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *