एमालेलाई गगनको प्रश्न- राजसंस्थाको मुद्दा उठाउन खोजेको हो ?

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बुधबार चियापान कार्यक्रम गरेका छन् । बिहीबार हुने राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भ पारेर कोइ्ररालाले चियापानको आयोजना गरेका हुन् ।

बिराटनगरस्थित उक्त चियापान कार्यक्रममा शेखर कोइराला, महामन्त्री गगन थापा, राष्ट्रिय सभामा कोशीबाट कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य मिनेन्द्र रिजाल, रामहरि खतिवडा, मिन विश्वकर्मालगायत सयौं नेता कार्यकर्ता सहभागी थिए । यस्तै, कोशीमा कांग्रेसबाट विजयी विभिन्न स्थानीय तहका जनप्रतिनिधि पनि सहभागी थिए ।

त्यसै कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रिय सभा चुनावमा राप्रपासँग गरेको तालमेललाई लिएर एमालेमाथि प्रश्न गरेका छन् । उनले राजसंस्थाको मुद्दा राष्ट्रिय सभामा प्रवेश गराउन खोजेको हो ? भनेर प्रश्न गरेका हुन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले निर्वाचन परिणामबारे आशंका नरहेको बताए । तर चुनावी परिणाम जे आए पनि राप्रपासँग गरेको तालमेललाई लिएर एमालेले जवाफ दिनुपर्ने बताए ।

रापप्रपाले फागुनबाट राजसंस्था पुनर्स्थापना गर्छु भनेर आन्दोलन घोषणा गरेको भन्दै उनले एमालेलाई प्रश्न गरे, ‘एमाले राप्रपा उम्मेदवार जितोस् भन्ने चाहन्छ । एमालेले राजसंस्था पुनस्थापित गर्छु भन्ने व्यक्तिलाई निर्वाचित गराएर त्यो आन्दोलनलाई राष्ट्रिय सभामा प्रवेश गराउन चाहेको हो ?’ उनले एमालेलाई प्रश्न गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *