नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ललितपुरको सातदोबाटो र भैंसेपाटीमा नयाँ शाखा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि ललितपुरं महानगरपालिका वडा नं. १५ मा सातदोबाटो शाखा र ललितपुर महानगरपालिका वडा नं. २५ मा भैंसेपाटी शाखा संचालनमा ल्याएको छ । नयाँ शाखाहरुबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योतीप्रकाश पाण्डेले नयाँ शाखाहरुको उद्घाटन गरे । कार्यक्रममा सीइओ पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकहरुलाई गुणस्तरीय बैंकिग सेवा तथा सुविधाहरु दिने बताए ।
बैंकले हाल देशभरिमा २६६ शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैंकिब र २५७ वटा एटीएम मार्फत सेवा प्रदान गरिरहेकोछ ।