बालेन गएनन् मतदान स्थल
काठमाडौं । आज राष्ट्रियसभा चुनावअन्तर्गत सातै वटा प्रदेशमा मतदान जारी रहेको छ । निर्वाचन आयोगका अनुसार नगरपालिकाका प्रमुख–उपप्रमुख लगाएतलाई यस चुनावमा मतदान गर्ने अधिकार छ । तर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भने राष्ट्रियसभा सदस्य निर्वाचनलाई बहिस्कार गरेका छन् ।
राष्ट्रियसभा चुनावअन्तर्गत बागमतीको हेटौंडामा मतदान जारी छ । तर, बालेन भने मतदान गर्न गएनन् । बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार मेयर बालेन हेटौंडा जाने छैनन् । कार्यव्यस्तताका कारण भन्दै मेयर बालेनले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान नगर्ने भएका हुन् । राष्ट्रियसभाको चुनावमा प्रदेशसभा सांसद र स्थानीय तहका प्रमुख उपप्रमुख मतदाता छन् ।
काठमाडौं महानगरका उपमेयर सुनिता डंगोल भने मतदान गर्न हेटौंडा पुगेकी छन् ।