राष्ट्रिय सभा : कोशीमा गठबन्धनबाट ‘फ्लोरक्रस’, एमालेकी कोइराला विजयी
काठमाडौँ । राष्ट्रिय सभामा कोशी प्रदेशबाट नेकपा एमालेकी उम्मेदार रूक्मिणी कोइराला विजयी भएकी छन् । कोइरालाले ५ हजार ८६ मतभार प्राप्त गरेकी छन् ।
त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाएकी छन् । सत्ता गठबन्धनबाट ‘फ्लोरक्रस’ भएपछि एमाले उम्मेदवार विजयी भएकी हुन् ।
कोशी प्रदेशमा निर्वाचक मण्डलका सदस्यहरु मध्ये प्रदेश सभाका सदस्यतर्फ ९३ जना मतदाता रहेकोमा ९३ जनाले नै मतदान गरी १०० प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ २७३ मतदाता रहेकोमा २७१ जनाले मतदान गरी ९९.४५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।