सातै प्रदेशमा मतदान जारी, आजै परिणाम आउने

काठमाडौं । राष्ट्रियसभा सदस्य चयनका लागि मतदान सुरु भएको छ । सातै प्रदेशका विभिन्न मतादान केन्द्रहरुमा बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।

राष्ट्रियसभा सदस्य रिक्त हुन लागेको १९ स्थानमा आज निर्वाचन गरिएको हो । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गरी आजै परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ । राष्ट्रियसभा निर्वाचनका लागि सात प्रदेशमा आठ राजनीतिक दलका तर्फबाट ५१ जना उम्मेदवार छन् । प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष राष्ट्रिय सभाका मतदाता हुन् । निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र तोकिएको छ ।

निर्वाचनमा कुल दुई हजार ४७ मतदाता रहेको आयोगले जानकारी दिएको छ । कोशीमा ३६७, मधेसमा ३७४, वाग्मतीमा ३४७ मतदाता रहेका छन् । यस्तै, गण्डकीमा २३०, लुम्बिनीमा ३०५, कर्णालीमा १९६, सुदूरपश्चिममा २२८ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदमा आज निर्वाचन हुन लागेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *