घरको पाँचौँ तलाबाट खसेर पोखरामा इन्जिनियरको मृत्यु
पोखरा । निर्माणाधीन घरको पाँचौँ तलाबाट खसेर पोखरामा एकजना इन्जिनियरको मृत्यु भएको छ । तातोपानी सर्भे गर्न गएका इन्जिनियर ३७ वर्षीय प्रवीण भट्टराईको मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।
प्रहरीका अनुसार उनी पोखरा महानगरपालिका–६ लेकसाइड खहरेस्थित चिनिमाया भण्डारीको निर्माणाधीन घरको छतबाट सिधै भुइँमा खसेका थिए । भट्टराई पोखरा–८ रत्नचोकमा बस्थे । उनी पोखराकै न्युरोडस्थित मुक्ति इनर्जी प्रालिका इन्जिनियर थिए । उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज ल्याएकोमा दिउँसो २स्२७ बजे अस्पतालले मृत घोषणा गरेको थियो ।