अध्यक्ष अरुण चौधरीलाइ चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । 

अब चौधरीलाई सीआईबीले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्नेछ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उद्योगपति तथा सिजी होल्डिङ्सका अध्यक्ष चौधरीलाई आजै पक्राउ गरेको थियो । बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले चौधरीलाई काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको थियो । सीआईबी प्रमुख किरण बज्राचार्यका अनुसार उनलाई सीआईबीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

चौधरीसँगै मिलेमतोमा जग्गा हिनामिना गरेको आरोपमा अजितनारायण सिंह थापा पनि पक्राउ परेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *