नेपालमा काम गरेर खाने माहोल बनाईदिन सरकारसँग आग्रह ः शर्मा
काठमाण्डौं । नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्माले पहिले थुन्ने अनि सुन्ने काम गलत भएको बताएका छन्। उद्योगपति अरुण चौधरीलाई प्रहरीले पक्राउ गरेपछि निजी क्षेत्रका विभिन्न संस्थाले गरेको पत्रकार सम्मेलनमा परिसंघका पूर्व अध्यक्ष शर्माले कानुनी शासन होस् भन्ने आम नेपालीको चाहना रहेको उनले बताए। पहिले थुन्ने अनि सुन्नेु भन्दा पनि ुपहिले सुन्ने अनि मात्र आवश्यक परे थुन्नेु गर्नु पर्ने उनले बताए।
व्यवसायीको चाहनापनि व्यवसायमा यदि समस्या देखियो भने अनुसन्धान गर्नु पर्ने नै रहेको उल्लेख गर्दै उनले अपराध र व्यवसायको फरक बुझ्न आग्रह गरे । मालपोत, भूमिसुधार, वा मन्त्रालय कसले गल्ति गरेको छ त्यहि अनुसन्धान गर्नु पर्ने उनले बताए । नेपालमा काम गरेर खाने माहोल बनाईदिन पनि उनले सरकारसँग आग्रह गरे । जति व्यवसायीक माहोल बिग्रन्छ त्यति नै दिर्घकालमा लगानीको वातावरण बिग्रने भन्दै उनले व्यवसाय गर्नको लागि दिर्घकालिन लगानीको वातावरण बनाउन आग्रह गरे ।