पीएम कपको फाइनलमा आर्मी र पुलिस भिड्ने
काठमाडौँ । त्रिभुवन आर्मी कपले जारी पीएम कपमा गण्डकी प्रदेशलाई ६८ रनले पराजित गर्दै फाइनलमा पुगेको छ ।
विहिबार सम्पन्न खेलमा त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई ६८ रनले पराजित गरेको हो । आर्मीले दिएको १३३ रनको लक्ष्य दिएको आर्मीले गण्डकी प्रदेश २३.४ ओभरमा ६४ रनमा अल आउट भएपछि आर्मीले खेल ६८ रनले जितेको हो । यसअघि पहिला ब्याटिंग गरेको आर्मीले ३९.१ ओभरमा १३२ रन बनाएर अलआउट भएको थियो ।
यो जितपछि आर्मीले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । अब आर्मीले फाइनलमा नेपाल पुलिस क्लबको सामना गर्ने छ । फाइनल खेल शनिबार टियु मैदानमा हुने छ ।