लगानी सम्मेलनको पूर्वसन्ध्यामा व्यवसायीलाई धरपकड गर्दा स्वदेशी लगानीकर्ता बाहिरिन्छन् ःराजेश अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले लगानी सम्मेलनको पूर्वसन्ध्यामा व्यवसायीलाई धरपकड गर्दा स्वदेशी व्यवसायी नै पलायन हुने चेतावनी दिएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा अग्रवालले विदेशी लगानी भित्र्याउने भन्दै सरकारले लगानी सम्मेलन गर्ने तयारी गरेको अवस्थामा यस्तो वातावरणले विदेशी लगानी नभित्रिने बताएका हुन् । सीजी होल्डिङका अध्यक्ष तथा ग्रुपका प्रबन्ध निर्देशक अरूण चौधरीलाई सरकारले पक्राउ गरेको भन्दै पत्रकार सम्मेलन आयोगन गरिएको थियो ।

एकातिर लगानी सम्मेलन तयारी गर्ने, अर्कोतिर व्यवसायीलाई धरपकड गर्ने । यस घटनाले विदेशी लगानीकर्ता भित्रिनेभन्दा पनि स्वदेशी लगानीकर्ता नै पलायन हुने आशंका उब्जाएको छ, उनले भने, पक्राउ गर्न नै नपाउने भन्ने होइन । तर, कुनै सूचना नदिएर पक्राउ गर्नु, अथवा जुन हिसाबले धरपकड गरियो, त्यो विषय हाम्रो अब्जेक्सन हो । सम्मेलनमा सहभागी व्यवसायीहरूले व्यवसायीलाई कुनै जानकारी नदिई अपराधीजस्तो बर्सौं अगाडि कुरामा पक्राउन गर्नु गलत भएको बताएका थिए । व्यापारीले देशमा लगानी गरेको भन्दै दोषी नठहरिएसम्म थुनामा राख्न नहुने बताएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *