गठ्ठाघरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा एकको मृत्यु

भक्तपुर । भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. २ सानोठिमीस्थित अनुदानचोकमा गठ्ठाघरबाट अनुदानचोकतर्फ आँउदै गरेको प्रदेश नं. ३ ०२ ००७ प. १६६६ नं. को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बाटोको साईडमा रहेको फलामको बिजुलीको पोलमा ठक्कर खाई दुर्घटना हुँदा चालक दोलखा शैलुङ गाँउपालिका वडा नं. ७ घर भई हाल बोडे, भक्तपुर बस्ने वर्ष ३३ को गणेश गिरी गम्भिर घाईते भई उपचारको लागि नागरिक अस्पताल गठ्ठाघर भक्तपुर लगेकोमा उपचारकै क्रममा राती २३ः४० बजेको समयमा मृत्यू भएको प्रहरीले जानकारी दिएको छ ।

लाश पोष्टमाटर्मको लागि भक्तपुर अस्पताल दुधपाटी ल्याइएको प्रहरीले जानकारी दिएको छ। घटनास्थलमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटना भएको मोटरसाईकल प्रहरी वृत्त ठिमी भक्तपुरमा छ भने घटनाको सम्बन्धम थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *