साल्ट ट्रेडिङ कर्पोरेसन मुनाफामा आकर्षक सुधार

काठमाडौं । त्साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ करोड ५८ लाख १६ हजार रुपैयाँ खुद मुनाफा अर्जन गर्न सफल भएको छ । गत वर्षको यसै अवधिको तुलनामा ९०.१६ प्रतिशतले धेरै हो । यस कर्पोरेसनले गत वर्ष १ करोड ८८ लाख नाफा आर्जन गरेको थियो । आम्दानी बढ्दा नाफामा भारी वृद्धि देखिएको छ । ३ अर्ब ४५ करोड ३८ लाख रुपैयाँ रहेको आम्दानी अहिले बढेर ६ अर्ब ६९ करोड ५६ लाख पुगेको छ ।

यसको अन्य आम्दानी १ करोड ७३ लाखबाट बढेर १ करोड ८२ लाख पुगेको छ । साल्ट ट्रेडिङको चुक्ता पुँजी २७ करोड ८८ लाख ८४ हजार रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा १ अर्ब ३५ करोड ७७ लाख रुपैयाँ जम्मा छ । यसअवधिसम्म आइपुग्दा कर्पोरेसनको प्रतिसेयर आम्दानी ९वार्षिक० २५ रुपैयाँ ६९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ भने ४१९ रुपैयाँ ३५ पैसा रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *