अंकुश दैनिक २५ वर्ष पूरा गरेको अवसरमा विरही, राणा र गौतम सम्मानित


वीरगन्ज । वीरगन्जबाट प्रकाशन भइरहेको अंकुश दैनिकले २५ वर्ष पूरा गरेको अवसरमा एक समारोहबीच प्रेस काउन्सिलका पूर्वअध्यक्ष वरिष्ठ पत्रकार हरिहर विरही, देशान्तर साप्ताहिकका प्रधान सम्पादक वरिष्ठ पत्रकार कविर राणा र अर्का वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतमलाई सम्मान गरेको छ । समारोहका प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विरही, राणा र गौतमलाई दोसल्ला र सम्मानपत्रले सम्मानित गरेका थिए । उक्त कार्यक्रममा महामन्त्री थापाले लोकतन्त्रको स्थापनाका लागि अग्रज पत्रकारहरूले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । थापाले अहिले सिंगो पार्टी र आफू समुदायका कुरा सुन्न संवाद यात्रामा रहेको बताउँदै सबै ठाउँमा बेथिति रहेको जनगुनासो आएको बताए । उनले अहिलेको बेथितिलाई सुधार्ने जिम्मा कांग्रेसकै भएको र प्रमुख प्रतिपक्षी दल एमालेजस्तो कांग्रेसले भाग्न नमिल्ने बताए ।

तीन तहकै सरकारमा ठूलो पार्टीको हैसियतमा कांग्रेस रहेकाले कांग्रेसले सबै कुराको जिम्मा लिनुपर्ने र लिने बताए । उनले पार्टीलाई पनि सच्याउँदै जनताको निराशालाई आशामा बदल्नु पर्ने र त्यो बदलिने पनि बताए । कार्यक्रममा वरिष्ठ पत्रकार विरहीले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएको भन्दै लोकतन्त्रमा मात्र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हुने बताए । अहिलेको व्यवस्था परिवर्तन गरेर पुनः राजसंस्थाको कुरा ग¥यो भने प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नरहने बताए । निरंकुशतामा स्वतन्त्र पत्रकारिता सम्भव नहुने उनको भनाइ थियो । विरहीले अंकुश दैनिकले स्वतन्त्र पत्रकारिताको अभ्यासलाई २५ वर्षसम्म निरन्तरता दिएकोमा प्रशंसा गर्दै शुभकामना दिए । अंकुश मिडिया प्रालिका अध्यक्ष दीपेन्द्र चौहानको अध्यक्षतामा भएको कार्यक्रममा अर्का सम्मानित पत्रकार देशान्तर साप्ताहिकका प्रधान सम्पादक राणाले चौहानसँगको सहकार्य र सम्पर्क विमर्शदेखि देशान्तर र अंकुशसम्म आइपुग्दा निरन्तर रहेको भन्दै खबरदारी र सुशासनमा अंकुशले खेलेको भूमिका सराह्रनीय रहेको बताए । राणाले रजत वर्ष पार गरेकोमा पत्रिकासँग आबद्ध सबैलाई बधाई र शुभकाना दिए । कार्यक्रममा अंकुशमा आबद्ध एक दर्जनभन्दा बढी पत्रकार र कर्मचारीलाई कदरपत्र प्रदान गरिएको थियो

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *