टाटा मोटर्सको नाफा १३८ प्रतिशतले बढ्यो

एजेन्सी । टाटा ग्रुपको कम्पनी टाटा मोटर्सको नाफा १३८ प्रतिशतले वृद्धि भएको छ । टाटा मोटर्सले शुक्रबार सार्वजनिक गरेको ०२३,२४ को तेस्रो त्रैमासिक अवधिको तथ्यांकले कम्पनीको वार्षिक नाफामा १३८ प्रतिशतले वृद्धि भएर ७ हजार २५ करोड भारु पुगेको जनाएको छ ।

टाटा मोटर्सले अघिल्लो वर्षको सोही अवधिमा २ हजार ९ सय ५८ करोड नाफा आर्जन गरेको थियो । कम्पनीले राज्यलाई १ लाख १० हजार ५७७ करोड राजस्व बुझाएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८८ हजार ४८९ रुपैयाँ राजस्व बुझाएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *