सन नेपाल लाइफले गर्यो ३५.३९ करोड नाफा
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्ष २०८०।८१को दोस्रो त्रैमासमा खुद नाफा ३२ करोड ८४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३५ करोड ३९ लाख रुपैयाँ नाफा गरेको थियो । पुस मसान्तसम्म कम्पनीले १ अर्ब ७७ करोड ९५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको पुसमा कम्पनीले १ अर्ब ९६ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।
६ महिनाको अवधिमा कम्पनीले ५४ करोड ६५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ८४ लाख रुपैयाँ दावी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब २० करोड रुपैयाँ, सेयर प्रिमियममा १ अर्ब २६ करोड रुपैयाँ, जीवन बीमा कोष ६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । यसअवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २०.५२ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १८७.०४ रुपैयाँ र मूल्य आम्दानी अनुपात २८.०९ गुणा रहेको छ ।