कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक अहिले जारी छ ।

प्रतिनिधिसभाको आजको बैठकका एजेन्डा तय गर्न समितिको बैठक बसेको हो । संघीय संसद्को हिउँदे अधिवेशन आज सोमबार अपराह्न ४ बजेबाट सुरु हुँदै छ।

पहिलो बैठकमा आज राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने, सरकारले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश पेस गर्ने, पारित भएका विधेयकको सन्देश तथा समितिको प्रतिवेदन पेस गर्ने औपचारिक कार्यसूची तय छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *