मन्थली सहकारीले मनायो २७ औं स्थापना दिवस
रामेछाप । रामेछापको मन्थलीमा रहेको मन्थली बचत तथा ऋण सहकारी संस्थाले २७ औं स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । २०५४ साल माघ २० गते स्थापना भएको उक्त संस्थाको २७ औं स्थापना दिवसको नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ ९नेफस्कून ०का अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरेका थिए । अध्यक्ष ढकालले बचत तथा ऋण सहकारी संस्थाहरूको पुँजीलाई उत्पादनसँग जोड्दै बेरोजगारी समस्या समाधानका लागि सबैले साझा प्रयास गर्नु पर्ने बताए। उनले साकोस अभियानमा अहिले देखिएका केही समस्या चुनौतीका रूपमा रहेको भएपनि सबैको साझा प्रयासबाट यसको सही व्यवस्थापन सम्भव भएको जनाए ।
कार्यक्रममा नेफस्कूनका कोषाध्यक्ष दिपक थापा ,रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे, तामाकोसी सेवा समितिका अध्यक्ष गुन्जबहादुर श्रेष्ठ, मन्थली साकोसका सल्लाहकार शम्भुप्रसाद घिमिरे , संस्थाका सचिव हिमाल ढुंगेल, कोषाध्यक्ष टीकाप्रसाद भट्ट लगायतका वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए । संस्थाले सो अवसरमा उत्कृष्ठ ५४ जना शेयर सदस्यहरुलाई विद्युतिय चुल्हो हस्तान्तरण गरेको थियो । संस्याका अध्यक्ष गोबिन्द प्रसाद घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा रक्तदान समेत आयोजना गरिएको थियो। आ र्थिक वर्ष ०७९।०८० मा संस्थाको १ अर्ब १४ करोड ८८ लाख १७ हजार ३४४ रुपैयाँको कूल सम्पत्ति रहेको छ।
















