सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत (कर प्रयोजनार्थ सहित) का दरले हुन आउने ३० करोड ८७ लाख २० हजार ४८९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *