मुलुकले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ : नेता सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मुलुकले स्वास्थ्य क्षेत्रमा फड्को मारेको बताएका छन् ।

छत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालको ६७औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले विस २०४६ सालको परिवर्तनपछि नेपालको स्वास्थ्य क्षेत्रले ठूलो फड्को मारेको बताएका हुन् । “स्वास्थ्य क्षेत्रमा केहीपनि भएको छैन भन्न मिल्दैन, बिस्तारै सुधार गएको र छ थप सुधार हुँदै जानेछ”, उनले भने । उनले छत्रपाटी निःशुल्क चिकित्सालय अस्पताल स्थापनाका लागि तत्कालीन मन्त्री स्वर्गीय गणेशमान सिंह र क्षेत्रपाटी क्षेत्रका जनताको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गरे ।

छत्रपाटी चिकित्सालको जमिन तत्कालीन नगरपालिकासँग कुरा गरेर सरकारले चिकित्सालयलाई उपलब्ध गराउन गणेशमान सिंहको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । उक्त चिकित्सालयले क्षेत्रपाटी क्षेत्रका जनतालाई निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्न लाग्नुपर्नेमा उहाँले जोड दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *