एनआइबिएल स्टेबल फन्ड योजनाको इकाई बाँडफाँड

काठमाडौं । एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत संचालन हुने एनआइबिएल स्टेबल फन्ड योजनाको इकाईको बाँडफाँड भएको छ । आवेदन दिएका ३९ हजार २ सय ७१ जना आवेदकहरुलाई माग बमोजिम नै सेयर बाँडफाँड गरेको हो । निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलका अनुसार उक्त इकाईको बाँडफाँड बुधबार काठमाडौंको लाजिम्पाटस्थित रहेको क्यापिटलको केन्द्रिय कार्यालयमा भएको हो । क्यापिटलले बीज पुँजी सहित कुल १० करोड इकाईहरु माग २ गतेदेखि १६ गतेसम्म निष्कासन गरेको थियो ।

यसमध्ये १ करोड ४० लाख इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सुरक्षित गरी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई खुला गरेको थियो । साथै, ३९ हजार २७१ जना सर्वसाधारण आवेदकहरुले मागभन्दा बढी आवेदन दिएपछि योजनाको आकार बढाएर मागअनुसार बाँडफाँट गरिएको एनआइबिएलले जनाएको छ । सर्वसाधारणले ९ करोड ५८ लाख ४९ हजार १६० इकाईका लागि आवेदन दिएका थिए । यससँगै, योजनाको आकार १ अर्ब १३ करोड रुपैयाँ अर्थात ११ करोड ३० लाख इकाई कायम गरिएको छ । एनआईबिएल म्युचुअल फण्ड एनआइएमबि एस क्यापिटलको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको कोष प्रवर्द्धनमा रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *