नबिल इन्भेष्टमेन्ट बैंकिङ १४ औं वर्षमा

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङले बुधबारदेखि १३औ वर्ष पुरा गरि १४औ वर्षमा प्रवेश गरेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयबाट २०६६ साल माघ २४ (फेब्रुअरी ७, २०१०) गतेका दिन कम्पनी ऐन २०६३ को दफा ५ को उपदफा (१) बमोजिम कम्पनी दर्ता प्रमाणपत्र प्राप्त गरी यो कम्पनी दर्ता भएको थियो । नबिल बैंकको सहायक कम्पनीको रुपमा स्थापित यस कम्पनी धितोपत्र व्यावसाय (मर्चेन्ट बैंकिंग) सम्बन्धि सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको थियो । नेपालको पूँजी बजारसंग सम्बन्धित सेवाहरु रहेकोले पूँजी बजारको नियामक निकायको रुपमा रहेको नेपाल धितोपत्र बोर्डबाट बैशाख १३, २०६७ मा धितोपत्र सम्बन्धि ऐन तथा सो अन्तर्गत बनेका नियम निर्देशिका तथा अन्य प्रचलित कानूनको अधिनमा रही धितोपत्र सम्बन्धी व्यावसाय संचालन गर्नका लागि अनुमति प्राप्त भएको थियो ।

कम्पनीले मर्चेन्ट बैंकिंग अन्तर्गत निष्काशन तथा बिक्री प्रबन्धन सेवा, डिपी सेवा, सेयर रजिष्ट्रार सेवा, सेयर प्रत्याभूति सेवा लगाएतका सेवाहरु प्रदान गर्दै आइरहेका छ भने ईन्भेष्टमेण्ट बैंकिंग अन्तर्गत लगानी व्यवस्थापन सेवा, सामूहिक लगानी कोष अन्तर्गतका सेवा र संस्थागत परामर्श सेवा जस्ता उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेका छ। यसका अलावा कम्पनीले ग्राहकहरुका लागि संस्थागत परामर्श सेवा अन्तर्गत संगठित संस्थाको संरचना हेरफेर, मुल्याङ्कन, व्यवसायिक योजना , लोन सिन्डिकेशन , सम्पत्ति व्यवस्थापन , मर्जर तथा एक्युजिसन तथा लगानी सम्बन्धि परामर्श सम्बन्धि सेवाहरु समेत प्रदान गर्दै आइरहेको छ । त्यस्तै विशिष्टिकृत लगानी कोष अन्तर्गत प्राईभेट ईक्विटी फण्ड संचालनको लागि अनुमति प्राप्त गरी निकट भविष्यमा संचालनको तयारीमा रहेको कम्पनीले जनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *