६० किलो सुन तस्करी : अमला रोकाविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी

काठमाडौं । अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)मा ६१ किलो सुन प्रकरणका प्रतिवादी अमला रोकाविरूद्ध डिफ्युजन नोटिस जारी भएको छ।

६० किलो सुन तस्करीमा संलग्न अमला रोकाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन ‘इन्टरपोल’ले डिफ्युजन नोटिस जारी गरेको हो । सीआईबीका प्रवक्ता (प्रहरी उपरीक्षक) नवराज अधिकारीका अनुसार रोल्पा घर भएकी अमला विरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो । सीआईबीको अनुसन्धान अनुसार हङकङबाट काठमाडौँ ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन तस्करीमा रोका संलग्न देखिएकाले उनीविरुद्ध इन्टरपोलले ५ फेब्रुअरीमा डिफ्युजन जारी गरेको हो । अमला तिब्बतीयन मूलका बेल्जियन नागरिक दावा छिरिङकी पत्नी हुन् । पतिकै कारण उनी सुन तस्करीमा जोडिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । छिरिङले निमा तामाङको नाममा जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकबाट नागरिकता लिएको भेटिएको छ । दावा अहिले सुन प्रकरणमा थुनामा छन् ।

अमला ठमेलस्थित ‘होटेल भियना’ को सञ्चालिका हुन् । उनी माओवादी केन्द्र निकट रोल्पा–काठमाडौँ सम्पर्क मञ्चको पूर्व उपाध्यक्ष समेत रहेकी छिन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *