टाटा मोटर्सले भ्यालेन्टाइन एक्सचेञ्ज कार्यक्रम आयोजना गर्दै

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले टाटा मोटर्स भ्यालेन्टाइन एक्सचेञ्ज कार्यक्रम एक्सचेञ्ज विद लव को आयोजना गर्न लागेको छ। माघ २७ गतेदेखि ३ दिनसम्म आयोजना हुने यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो इभी लगायतका गाडीहरू साट्न सकिनेछ। ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरू प्रतिको रुचि तथा चाहनाहरूलाई मध्यनजर गर्दै यस कार्यक्रमको आयोजना गरिएको कम्पनीले बताएको छ।

उपत्यकाभित्र टाटा मोटर्सको शोरुम थापाथली, राधेराधे भक्तपुर, वेष्टर्न मोटर्स् महाराजगञ्ज र जेबी मोटर्स बालकुमारी र उपत्यका बाहिर रुद्रप्रिया इन्टरनेसनल, नेपलगञ्जलगायत नेपालभरी रहेका टाटाका शोरुमहरूमा आयोजना गर्न लागिएको हो। यस एक्सचेञ्ज विद लव कार्यक्रममा गाडी किन्ने ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क रुपमा इभी गाडीहरूका लागि फास्ट चार्जर, १ वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा आइफोन १५ प्राप्त गर्नेछन्। यस कार्यक्रमको मुख्य उद्देश्य ग्राहकलाई खेल तथा मनोरञ्जनमार्फत् नौलो अनुभुति गर्दै गाडी किन्ने फरक अनुभव प्रदान गर्नु रहेको कम्पनीले बताएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *