टोयोटा यारिसको नयाँ संस्करण क्रस हाइब्रिड नेपाली बजारमा

काठमाडौं । टोयोटाको पछिल्लो हाइब्रिड मोडल यारिस क्रस टोयोटाको आधिकारीक बिक्रेता यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले काठमाडौंमा ल्याएको छ । कम्पनीको नयाँ क्रसओभर मोडल निकै आकर्षक डिजाइनमा देखिएको छ । यसको आधिकारीक बिक्री भने आगामी साताबाट गर्ने कम्पनीले जनाएको छ । अहिले बजारमा रहेका चल्तीका मोडलहरु बीवाइडी एटो थ्री, हुन्डाई क्रेटा र एमजी जेडएस बराबरकै साइजमा उपलब्ध यारिस क्रस निकै मोर्डन डिजाइनमा देखिएको हो । केहि दिनअघि मात्रै थाइल्याण्डको बजारमा बिक्री सुरु भएको यारिस क्रसको लम्बाई ४३१० एमएम, चौडाई १७७० एमएम र उचाई १६१५ एमएम छ । यसमा २६२० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । टोयोटाले नयाँ यारिस क्रसमा अटोमेटीक हाइबीम सहितको हेडलाइट, एलइडी डीआरएल, एलइडी फग लाइट र कनेक्टेड एलइडी टेललाइट दिइएको छ । पहिलो पटक कम्पनीले क्रसओभर मोडलमा मल्टी कलर एम्बियन्ट लाइट पनि दिएको छ । यारिस क्रसओभरमा ७ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, एन्ड्रोइड अटो र एप्पल कार प्लेसहितको १०.१ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम पाउन सकिन्छ । साथै, इलेक्ट्रीक पार्किङ ब्रेक, अटोमेटीक एसी, रियर एसी भेन्ट, ६ स्पीकर सहितको अडियो सिस्टम र १४ कलरको एम्वीयन्ट लाइट दिएको छ । नयाँ मोडलमा ८ वे पावर इलेक्ट्रीक ड्राइभर सिट, वायरलेस मोवाइल चार्जर, प्यानारोमिक सनरुफ, इलेक्ट्रोनीक कर्टेन, किक सेन्सर सहितको पावर टेलगेट पाउन सकिन्छ ।

टोयोटा यारिस क्रसमा १.५ लिटरको चार सिलिण्डर ड्यूल भीभीटी–आई इन्जिन दिइएको छ । हाइब्रिड पावरट्रेन भएकोले यसमा इलेक्ट्रीक मोटर र ४.३ एम्पीयर आवरको ब्याट्री प्याक पाउन सकिन्छ । रिजेनेरेटीभ ब्रेकिङ सिस्टम रहेको गाडीमा ई–सीभीटी गियरबक्स पाउन सकिन्छ । यसले प्रतिलिटर २६ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ । सुरक्षाका लागि यो एसयूभीमा ६ एयरव्याग, भेहिकल स्टेबिलीटी कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल, रिभर्स क्यामेरा, फ्रन्ट र रियर दुबै साइडमा पार्किङ सेन्सर, फ्रन्ट डिपार्चर अलर्ट, पेडल मिसोपेरेसन कन्ट्रोल, ब्लाइन्ड स्पट मनिटरिङ सिस्टम, रियर क्रस ट्राफिक अलर्ट, टायर प्रेसर मोनिटरीङ सिस्टम, ३६० डिग्री क्यामेरा जस्ता आधुनिक फिचर लोडेड भएर आउने छ । कम्पनीले यसको आधिकारीक मूल्य अहिलेसम्म घोषणा गरेको छैन । तर, हाम्रो अनुमान अनुसार यसको मूल्य १ करोड २० लाखदेखि १ करोड २५ लाख रुपैयाँ भित्रै रहने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *