प्राइम कमर्सियल बैंकको ४१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंकले ४१ हजार ५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले ११० रुपैयाँ प्रतिकित्ताका दरले उक्त सेयर बिक्रीमा राखेको हो । ३५ दिने सार्वजनिक सूचना निकाल्दै बैंकले खरिद गर्न चाहने संस्थापक सेयरधनीलाई फागुन ४ गतेसम्म आवेदन दिन आग्रह गरेको छ ।

बैंकले सुरुमा संस्थापक सेयरधनीहरुमा नै सेयर बिक्री गर्नेछ । संस्थापक सेयरधनीले नकिनेको खण्डमा भने सो सेयर अन्य लगानीकर्ताले खरिद गर्न सक्नेछन् । इच्छुक सेयर खरिदकर्ताले बैंकको धितोपत्र बिक्री प्रबन्धक कम्पनी एनआईसी एशिया क्यापिटल लिमिटेडमा आवेदन दिनुपर्नेछ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *