विद्यालय शिक्षा परीक्षा (एसएलसी) को ढाँचामा फेरि परिर्वतन हुने भएको छ । झन्डै सय वर्ष चलेको प्रवेशिका परीक्षा (एसइइ)लाई परिवर्तन गरी एसइइ बनाइएको एक दशक नहुँदै यसरी परिवर्तन गर्नुपर्ने कारणको वारेमा भने सरकारले प्रष्ट पारेको छैन । तर , लेटर ग्रेडिङको आधारमा परिणाम प्रकाशित गरिने प्रणालीलाई भने अब परिवर्तन गरिने भएको छ ।
यस अघि ए,बी,सी,डी श्रेणी निर्धारित गरी परीक्षार्थीको परिणाम दिने गरिएको थियो । त्यसलाई नेपाली शैक्षिक प्रणालीको अन्तराष्ट्रिय स्तरमा उठाउने उपाय बताइएको थियो । संसारका धेरै देशमा परीक्षाफल प्रकाशित गर्दा लेटर ग्रेडिङलाई आधार मानिन्छ । त्यसमा परीक्षार्थीले प्राप्त गर्ने सही अंक कति हो भन्ने थाहा हुदैन । दश अंक तलमाथिलाई प्रतिनिधित्व गर्ने एउटा लेटर निर्धारित गरिएको हुन्छ । र , त्यसैको आधारमा उसको उकृष्टताको मापन गरिन्छ । त्यसो गर्दा अधिकांश देशले विद्यार्थि उतीर्ण हुने प्रतिशत उच्च देखाउने गर्छन् । अझ भन्दा अनुतीर्ण गर्ने ,एउटै कक्षामा वर्षाै रोकिने परम्पराको अन्त्य गरिन्छ । हामीकहाँ चाहि ठुलो संख्यामा विद्यार्थिलाई फेल गरेर शैक्षिक गुणस्तर उकास्ने परम्परा रहेको छ ।
औपचारिक शिक्षा आजको युगको आधारभुत शर्त हो । देशको अवस्था हेरेर यसलाई निर्धारण गरिएको हुन्छ । कहीँ स्कूल ग्या्रजुएशनलाई आधारभुत शिक्षा मानिएको हुन्छ । हाम्रो देशमा कक्षा ८ सम्मलाई आधारभुत तह मानेर त्यो तहसम्म पठनपाठन गरिने विद्यालयलाई आधारभूत विद्यालय भन्न थालिएको छ । अहिले विद्यालय शिक्षाको सम्पूर्ण अधिकार स्थानीय सरकारलाई सुम्पिएको छ । त्यति गर्दा पनि सरकारले कस्तो शिक्षा निती बनाउने भन्ने स्पष्ट दृष्टिकोण निर्माण गर्न सकेको छ ।
सरकारी विद्यालयहरुमा दलीय राजनीतिको अति प्रभावले गर्दा शिक्षाको गुणस्तर खस्किएको छ , पाठयक्रम निर्माण , पाठयपुस्तकको उपलव्धतामा समस्या , विषयगत र तालिम प्राप्त शिक्षकको अभाव , विद्यार्थि मैत्री पठनपाठन , र प्रयोगात्मक शिक्षण विधि अपनाउनमा गरिएको कञ्जुस्याइँलाई वेवास्ता गरी परीक्षामा पास हुने विद्यार्थीको संख्या बढाउने र फेल हुनेलाई विद्यार्थीकै कमजोरी देखाउने प्रवृतिले हाम्रो शैक्षिक जगत थप अन्यौलग्रस्त बन्न पुगेको छ । सही मानेमा शिक्षा के हो , पढ्ने उमेरका बालबालिकालाई शिक्षामा कसरी पहुँच स्थापित गर्ने भन्ने सम्बन्धमा नेपालमा आजसम्म छलफल नै भएन । पञ्चायतकालसम्म जागरुक विद्यार्थीहरु शैक्षिक अन्नयनको कुरालाई छाडेर प्रजातन्त्रको लागि लडे प्रजातन्त्रको पुनः स्थापनापछि आफ्नो स्वार्थका लागि नेताको चाकडीमा समर्पित हुन थाले । अहिले शिक्षक , प्राध्यापक र विद्यार्थीका संगठनको काम अमुक पार्टीको स्वार्थका लागि काम गर्नू मात्र हुन पुगेको छ । त्यसको परिणाम के भएको छ भने यहाँका शिक्षक, अभिभावक र विद्यार्थी कसैलाई पनि आफ्नो शिक्षा प्रति भरोसा छैन् । त्यही कारण हो बाह्र कक्षा पास गरेपछि सबै विद्यार्थी विदेश ताक्न थाल्छन् ।
अहिले नेपालमा कलेज पढ्न विद्यार्थीहरुको अभाव एउटा खड्कदो सवाल बन्न पुगेको छ । शैक्षिक क्षेत्रको यो समस्यालाई हल्का रुपमा लिनु हुँदैन । भविष्यका कर्णधार युवालाई कसरी सक्षम , इमान्दार र राष्ट्रप्रेमी बनाउने भन्ने कुरा हाम्रो शिक्षाले नै निर्धारण गर्छ । आज हामी जुन राजनीतिक विकृतिको शिकार भएका छौ , त्यसको पछाडिको कारण चाँहि हाम्रो शैक्षिक व्यवस्था नै हो । हाम्रो छोराछोरीले कस्तो शिक्षा प्राप्त गरेको छन् , कस्तो संस्कार सिकेका छन् , तिनले मानवता, आफ्नो धर्ति, अग्रज एवं पुर्खा र भावि सन्ततिको सम्बन्धमा कस्तो शिक्षा पाएका छन्, त्यही त गर्ने हुन् । प्रजातन्त्रका लागि लड्नेहरुले शिक्षालाई गरेको उपेक्षाको फल आज राष्ट्रले भोगिरहेको छ । अब हामी यो अवस्थाबाट मुत्त हुन अग्रसर हुनुपर्छ ।
सरकार,वौद्धिक जगत,शिक्षासँग सरोकार राख्ने निकाय सवैले शिक्षालाई व्यापार बनाएर नाफा कमाउन छाडेर यसलाई हाम्रो जीवन परिवतर्नको माध्यम बनाउन कोशिस गर्नुपर्छ । शिक्षा सुध्रियो भने देश,समाज र सिंगो मानवजातिको हित सम्भव हुन्छ ।