शेयर बजार लगातार चौथो दिन बढ्यो
काठमाडौं । शेयर बजार निरन्तर बढेरै यो साताका लागि बिश्राम लिएको छ ।
लगातार बढिरहेको बजार आज चौथो दिन पनि बढेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.७४ अंकले उचालिएको हो । ०.२७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०९६.३८ अंकमा पुगेको छ । आज ३ सय १७ कम्पनीका ९१ लख ७१ हजार ७ सय १० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २१ करोड २२ लाख ८३ हजार ४ सय ५३.६३ रुपियाँ बराबरको कारोबार भएको छ ।
आज समाज लघुवित्त, बुद्धभूमि हाइड्रो, त्रिशुली जलविद्युत, मायाखोला हाइड्रो र स्वेतगंगा हाइड्रोका लगानीकर्ताले क्रमशः १०, ९.९९, ९.८४, ७.७८ र ७.४९ प्रतिशतले नाफा कमाएका छन् । त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम ३ का लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९७ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पनि हिमालयन रि कै उच्च कारोबार भएको छ । उक्त कम्पनीको १८ करोड ८७ लाख ९० हजार २ सय ५२.९० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।