सन्दीपको पक्षमा नारा लगाउने माथि प्रहरीको हस्ताक्षप
काठमाडौं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडा र नेपालबीच खेल चलिरहँदा समर्थकले सन्दीप लामिछानेको पक्षमा नारा लगाएका छन् । जारी क्यानडाविरुद्ध एकदिवसीय शृंखलाको पहिलो खेलमा उपस्थित समर्थकले ‘सन्दीप चाहियो’ भन्दै नारा लगाएका हुन् ।
समर्थकले चर्को नारा लगाएपछि प्रहरीले हस्तक्षेप गरेको छ । त्यसक्रममा केहिबेर प्रहरी र समर्थकबीच घम्साघम्सी भएको थियो । साथै, प्रहरीले नारा लगाउने ७ समर्थकलाई मैदानबाट बाहिर निकालेको छ । प्रहरीले नियन्त्रणमा लिएर उनीहरुलाई मैदानबाट निकालेको हो ।
नेपालले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । सोही क्रममा दर्शकले ‘सन्दीप हाम्रो शान हुन्, हामीलाई सन्दीप चाहियो’ भन्दै नाराबाजी गरेका हुन् ।