सुन तस्करी प्रकरणमा कृष्णबहादुर महराको बयान

काठमाडौँ । पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई सुन छानबिन समितिले बयानका लागि सिंहदरबारस्थित कार्यालयमा बोलाएपछि बयान दिनका समितिको कार्यालय पुगेका छन् ।

विद्युतीय सिगरेट (भेप) मा लुकाएर तस्करी भएको ९ किलो सुनका चिनियाँ तस्करसँग महरासँगको सम्पर्क देखिएको थियो । यही प्रकरणका उनका छोरा राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको थियो । भेपमार्फत ९ किलो सुन तस्करी प्रकरणमा छानबिन गर्न बनेको उच्चस्तरीय समितिले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महराको बयान लिएको छ ।

समितिले बिहीबार दिउँसो सिंहदरबारमा महराको बयान लिएको हो ।  पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा सरकारले पाँच सदस्यीय आयोग गठन गरेको थियो । गत असोज १६ गतेदेखि आयोगले काम सुरू गरिरहेको छ ।

आयोगको सदस्यमा अर्थ मन्त्रालयका सहसचिव किशोरजंग कार्की, गृह मन्त्रालयका उपसचिव प्रेमराज जोशी र पूर्वएआइजी सहकुल थापा रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *