हिमालयन एभरेष्ट इन्स्योरेन्स तीसौं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न
काठमाण्डौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले तीसौं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ । थापागाउँस्थित वानेश्वर ब्याङक्वेटमा सम्पन्न उक्त साधारण सभामा शेयरधनीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । विषम आर्थिक परिस्थितिको वाबजुद पनि कम्पनीले उल्लेख्य नाफा ४४ करोड ८५ लाख आर्जन गरी शेयरधनीहरुलाई ६.३७ प्रतिशत बोनश शेयर र नगद लाभांश ८.६३ प्रतिशत गरी कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय भएकोमा शेयरधनीहरुबाट खुशी ब्यक्त गर्दै कम्पनीको उत्तरोत्तर प्रगतिको कामना गरिएको थियो ।
संचालक समितिका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठको सभापतित्वमा संचालित उक्त कार्यक्रममा संचालकज्यूहरु, प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाह, कम्पनीका वरिष्ठ अधिकृतहरु तथा अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले साधारण सभामा शेयरधनी महानुभावहरुले राख्नुभएको जिज्ञासा तथा सुझावहरुको जवाफ दिनु भएको थियो । मर्जर पछिका विभिन्न व्यवधानहरुको सामना गर्दै कम्पनीले हासिल गरेको उल्लेख्य प्रगति र चालु आर्थिक वर्षका सुचांकहरु समेत उत्साहजनक रहेकोले कम्पनीको नेतृत्व तथा सम्पूर्ण टिम प्रति आभार प्रकट गरिएको थियो । यसै क्रममा कम्पनीका तर्फबाट राखिएका विभिन्न प्रस्तावहरु पारित गरी कम्पनीको तीसौं वार्षिक सभा सम्पन्न गरियो ।