कामना सेवा विकासका ग्राहकले भिगोर सुपर क्लिनिकमा छुट पाउने
काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले भिगोर सुपर स्पेसियालिटि क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरसँग सम्झौता गरेको छ । सम्झौता अनुसार ग्राहक र कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा २० प्रतिशत छुट पाउनेछन् ।
ग्राहक तथा कर्मचारीले बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यस्तो छुट पाउने जनाइएको छ । सम्झौताबाट बैंकसँग आवद्ध सम्पूर्ण ग्राहक र कर्मचारीले लाभ लिने विश्वास रहेको बैंकले उल्लेख गरेको छ ।