कोशी सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति
विराटनगर । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार दोस्रो दिनको वार्तामा सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको हो ।
वार्तामा प्रदेशको पुन नामकरण गर्न राजनीतिक पहल गर्ने, पहिचान पक्षधरले शान्तिपूर्ण आन्दोलन गर्ने र त्यसमा सरकारले हस्तक्षेप नगने, यसअघि आन्दोलनका क्रममा घाइते भएकाको उपचार सरकारले गर्ने र कारागारमा रहेकाको रिहाई तथा मुद्धा लागेकाको मुद्धा फिर्ता गर्ने प्रक्रिया अगाडी बढाउने र अर्को बार्ता फागुन १० गतेअघि बस्ने लगायतको सहमति भएको छ ।
.jpg)