तामाङ समुदायका एकजनालाई मन्त्री बनाउने घोषणा ः प्रधानमन्त्री दाहाल

काठमाडौं । काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल पुनर्गठन हुने बताएका छन् । मन्त्रिमण्डल पुनर्गठन हुने निश्चित भएको भन्दै उनले त्यसमा तामाङ समुदायका एकजनालाई मन्त्री बनाउने घोषणा समेत गरे । उनले गत वर्ष पनि आफूले सोनाम ल्होसारको अवसर पारेर घोषणा गरेअनुसार वागमती प्रदेशमा तामाङ समुदायबाट मन्त्री बनाइएको स्मरण गराए । अब मन्त्रिमण्डलको जति बेला पुनर्गठन हुन्छ, पहिलो प्राथमिकता वागमती प्रदेशको तामाङ समुदायको जनप्रतिनिधिलाई मन्त्री बनाइनेछ ।

म यो लाखौँ जनताको अगाडि भन्दै छु । अब संघको मन्त्रिमण्डल पुनर्गठन त हुन्छै हुन्छ । पुनर्गठन हुनेबित्तिकै तामाङ मन्त्री हुन्छ । यो विश्वास म तपाईंहरूलाई दिलाउन चाहन्छु । तपाईं लाखौं जनसमुदायको बीचमा मैले यो कमिटमेन्ट गरेको छु । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले सोनाम ल्होसारका निम्ति सरकारले यो वर्ष पनि सहयोग गर्ने आश्वासन दिए । गत वर्षको ‘पेमेन्ट’ नभएको आफूले जानकारी पाएकाले त्यसको पनि ‘फलोअप’ गर्ने उनको भनाइ थियो । सरकारले संघीयता कार्यान्वयनको कामलाई उच्च प्राथमिकता दिएको उनले दोहोर्‍याए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *