आईजीआई प्रुडेन्सियलको खुद बीमा शुल्क आर्जन ९७ प्रतिशतले बढ्यो

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन ९७ प्रतिशतले बृद्धि भएको हो । चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीको खुद बीमा शुल्क आर्जन ५१ करोड २३ लाख रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको यस्तो रकम २५ करोड ९३ लाख रुपैयाँ रहेको थियो । कम्पनीले चालु आवको दोस्रो त्रैमासम्म १८ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको गत आवको सोही अवधिमा यस्तो नाफा १२ करोड १६ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, चालु आवको दोस्रो त्रैमाससम्म ३ अर्ब २ करोड चुक्ता पूँजी रहेको यस कम्पनीको महाविपत्ती कोषमा ६ करोड ७३ लाख रुपैयाँ रहेको छ । यता संचिति जगेडा कोषमा भने ८ करोड ८१ लाख रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको कुल बीमा शुल्क आर्जन १ अर्ब २७ करोड ८३ लाख रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको यस्तो आर्जन ७२ करोड ३७ लाख रुपैयाँ रहेको थियो । कम्पनीको बीमाशुल्क आर्जन ७६ प्रतिशतले बढेको देखिएको छ । समिक्षा अवधिमा कम्पनीले २ करोड ९६ लाख रुपैयाँ अभिकर्ता कमिशनमा खर्च भएको छ । गत वर्ष कम्पनीको यस्तो खर्च ४६ करोड ४३ लाख रुपैयाँ रहेको थियो । त्यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी १२.१३ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १६७.५५ रुपैयाँ रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *