क्यानडाविरुद्ध अनिलको शतक

काठमाडौँ । अनिल शाहले क्यानडाविरुद्ध शतक बनाएका छन् ।

क्यानडाले दिएको २३३ रनको लक्ष्य पछाएको नेपालका लागि ब्याटिंग गर्दै अनिलले ११६ बलमा शतक पुरा गरेका हुन् ।

अनिलको एकदिवसीय क्रिकेटमा यो पहिलो शतक हो । साथै उनी नेपालका लागि एकदिवसीय क्रिकेटमा शतक बनाउने सातौं खेलाडी हुन् । यस अघि पारस खड्का, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ सेख र कुशल मल्लले एकदिवसीय शतक बनाएका छन् ।  

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *