गठबन्धनको राजनीतिले भ्रष्टाचार बढ्यो : सांसद देव

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य जीतेन्द्रनारायण देवले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा आफूलाई उभ्याएका छन् ।

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोलेका पूर्वमन्त्री देवले गठबन्धनको राजनीतिले नेपालमा भ्रष्टाचार मैलाएको टिप्पणी गर्दै अव प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जानुपर्ने बताए । गठबन्धनको राजनीतिमा एउटा नेताले काम गर्न खोज्दा अर्कोले खुट्टा तान्ने र काम नहुने प्रवृति समेत देखा परेको उनले बताए ।

‘त्यसकारण कार्यकारी प्रत्यक्ष निर्वाचित गर्ने गरी संविधान संशोधन गर्ने हो कि त्ययातिर जाने हो भने रि थिङ्क गरौं’ उनी थप्छन्, ‘जो आउँछ पाँच वर्ष काम गर्छ, राम्रो काम गरे जनताले वाहवाह गर्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *