टिभिएसको १ लाख सेलेब्रेसन एनओजी राइड सम्पन्न

काठमाण्डौं । जगदम्बा मोटर्सले एनओजी राइड सम्पन्न गरेको छ । कम्पनीले १ लाख एन्टर्क स्कुटर बिक्रि गर्न सफल भएको उपलक्ष्यमा एनओजी राइड गराएको हो । गत माघ २७ गते आयोजना भएको उक्त एनओजी राइड टिभिएसको नक्साल शोरुमबाट शुरु भएर शिवपुरीको द ग्रीन भ्याली रिसोर्टमा पुगेर समापन भएको थियो । उक्त एनओजी राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको कम्पनीले जनाएको छ । साथै एनओजी राइडमा उपस्थित करिब १०० राइडरहरु माझ आफ्नो परिचय र अनुभव पनि आदानप्रदान गरिएको कम्पनीले उल्लेख गरेको छ ।

सहभागी राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान पनि पनि प्रदानका साथै उक्त राइडमा स्कुटरहरु राखेर १ लाखको सुन्दर आकार पनि बनाइएको कम्पनीले जनाएको छ । उक्त राइडमा हेड मार्शल गौरव पाठकले सडक सुरक्षाको बारेमा विभिन्न जानकारी प्रदान गर्नुका साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरेका थिए । साथै प्रोडक्ट हेड करुणा पुडासैनीले १ लाख सेलिब्रेशनको बारेमा जानकारी दिनुभएको थियो भने मार्केटिङ डेपुटी जिएम विक्रम पौडेल र सेल्स हेड आषिर श्रेष्ठले सहभागी ग्राहकहरुलाई स्वागत गराएका थिए । राइडको समापन १ लाख सेलेब्रेसनको केक काटेर गरिएको कम्पनीले जनाएको छ । २०१८ मा नेपालमा लन्च भएको स्पोर्टी स्मार्ट स्कुटर टिभिएस् एनटर्क १ लाख बिक्री भईसकेको हो । जगदम्बा मोटस टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *