नेपाललाई पाँचौं सफलता, कुशलले लिए विकेट
काठमाडौँ । नेपालले पाँचौं विकेट लिएको छ । क्यानडाविरुद्धको खेलमा नेपालले ३७औं ओभरमा पाँचौं विकेट लिएको हो ।
नेपालका लागि कुशल मल्लले क्यानडाका २९ रन बनाएर खेलिरहेका हर्ष ठकेरलाई आउट गरेका हुन् । कुशलको यो यस खेलमा दोस्रो विकेट हो । नेपालका लागि यस अघि ललित राजबंशी, आकाश चन्द र हेमन्त धामीले एक एक विकेट लिएका थिए ।
अहिले क्यानडाले ३६.५ ओभरमा ५ विकेट गुमाएर १३२ रन बनाएको छ ।