भृकुटीमण्डपमा प्रसाईं नेतृत्वको ‘नागरिक बचाउ अभियान’ ले फागुन १ मा शक्ति प्रदर्शन गर्ने

काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा दुर्गा प्रसाईं नेतृत्वको ‘नागरिक बचाउ अभियान’ ले फागुन १ मा शक्ति प्रदर्शन गर्ने भएको छ ।

प्रसाईं नेतृत्वको ‘नागरिक बचाउ अभियान’ ले काठमाडौँको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्न लागेको हो । प्रसाँईले टुँडीखेलमा कार्यक्रम गर्नका लागि काठमाडौँ जिल्ला प्रशासनलाई यस अगाडी अनुमति मागे पनि प्रशासनले टुँडीखेलमा शक्ति प्रदर्शन नगर्न आदेश दिएपछि प्रसाँईले भृकुटीमण्डपमा कार्यक्रम गर्ने निश्चित गरेका हुन् । काठमाडौ जिल्ला प्रशासनले टुँडीखेलमा कार्यक्रम गर्न नदिएको भन्दै उनले प्रशासनको आदेशप्रति असन्तुष्टि जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार टुँडिखेलमा कार्यक्रम गर्नका लागि सो स्थान खाली नभएकाले प्रसाँईलाई भृकुटीमण्डपमा कार्यक्रम गर्ने अनुमति दिएको हो । प्रसाईँले फागुन १ गते भ्रष्ट बिचौलिया र तस्करहरूको नालीबेली प्रमाणसहित सार्वजनिक गर्ने बताएका छन् । साथै प्रसाँईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत उक्त कार्यक्रममा सहभागी गराउने जनाएका छन् । यसअगाडी प्रसाँईले देशको व्यावस्था परिवर्तनका लागि भन्दै मंशिर ७ गते काठमडौँको बल्खुमा कार्यक्रम गरेका थिए । प्रसाँईले गत मंशिर ७ गते काठमाडौमा आयोजना गरेको कार्यक्रममा पनि काठमाडौँ जिल्ला प्रशासनले काठमाडौँका विभिन्न ठाउँमा कार्यक्रम गर्न रोक लगाएको थियो ।

मंशिर ७ गते प्रसाँई थालेको परिवर्तनका लागि अभियानमा एकै दिन नेकपा एमाले भातृसंगठन युवा संघले र प्रसाँई समुहले शक्ति प्रदर्शन गरेका थिए । उक्त समयमा दुई समुहबीच भएको शक्ति प्रदर्शनका क्रममा दुई समुहबीच द्वोन्द्वको अवस्था सिर्जना भएपछि काठमाडौं जिल्ला प्रशासनले दुई समुहका लागि फरक–फरक स्थानमा कार्यक्रम गर्नका लागि स्थान तोकि दिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *