राष्ट्रपति रामचन्द्र पौडेल फागुन ६ गते शालीनदी जाने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शालीनदी जाने भएका छन् ।
उनी फागुन ६ गते बिहान ९ बजे श्रीस्वस्थानीको दर्शन तथा पूजा गर्न काठमाडौंको साँखुस्थित शालीनदी जाने भएका हुन् । हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शूक्ल पूर्णिमासम्म काठमाडौँको शंखरापुर नगरपालिका स्थित साँखुमा १ महिना मेला लाग्ने शालीनदी मेला यो वर्ष फागुन १२ गतेसम्म सञ्चालन हुनेछ ।
सो अवसरमा पौडेल दर्शन तथा पूजा गर्न जाने भएका छन् ।