रिलायबल नेपाल लाइफको सातौं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड कम्पनीको सातौं वार्षिक साधारण सभा, कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले नियमित एजेण्डाहरु सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदन, आ.व. २०७९।०८० को सहायक कम्पनी रिलायवल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लि. सहितको एकिकृत वित्तीय विवरणहरु, लेखापरीक्षकको नियूक्तीका साथ शेयरधनीहरुलाई १६ प्रतिशत वोनस शेयर र ०.८४ प्रतिशत नगद लाभांश पारित गरी सो अनुरुप पूँजी वृद्धि गर्ने र प्रवन्धपत्रका सम्वद्ध दफाहरु संशोधन गर्ने साधारण तथा विशेष प्रस्तावहरु पारीत गरेको छ ।

वार्षिक साधारण सभावाट कम्पनीमा पहिलो पटक सर्वसाधारण शेयरधनीहरुको तर्फवाट देहाय वमोजिमका सञ्चालकहरु निर्विरोध निर्वाचित हुनु भएको छ । डा. भिष्म कार्की र दिवेश लोहनी सञ्चालकहरुः निर्विरोध निर्वाचित भएका छन् । यसै वर्ष सर्वसाधारणमा प्रिमियममा शेयर जारी गरेको कम्पनीको कम्पनीको चुक्ता पुँजी ४ अर्व ६४ करोड पुरा भएको छ । वार्षिक साधारण सभामा शेयरधनीहरुले राख्नु भएका जिज्ञासाहरु उपर कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुले जवाफ दिनु भएको थियो । यस उपलक्ष्यमा कम्पनीलाई यहाँ सम्म पु¥याउन सहयोग गर्नुहुने वीमित, अभिकर्ता, एजेन्सी म्यानेजर, नियमनकारी निकाय, शेयरधनीहरु, कर्मचारी, पत्रकार तथा सम्पूर्ण शुभचिन्तक तथा सरोकारवाला महानुभावहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दै अगामि दिनहरुमा समेत सहयोग तथा विश्वासको अपेक्षा गरेको गरीएको व्यहोरा अवगत गर्दछौं ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *